माछापुच्छ्रे बैंक र इन्डस्ट्रियल बैंक अफ कोरियाबिच रेमिट्यान्स सम्झौता

Technology Khabar १९ कार्तिक २०७४, आईतवार

माछापुच्छ्रे बैंक र इन्डस्ट्रियल बैंक अफ कोरियाबिच रेमिट्यान्स सम्झौता

काठमाडौं ।

काठमाडौं, १९ कात्तिक। माछापुच्छ्रे बैंक लिमिटेड र इन्डस्ट्रियल बैंक अफ कोरियाबिच रेमिट्यान्स सम्झौता सम्पन्न भएको छ । इन्डस्ट्रियल बैंक अफ कोरियाको मुख्यालय दक्षिण कोरियामा सो बैंकका चिफ डिजिएम वु डोङ हो र माछापुच्छ्रे बैंकका नायब महाप्रबन्धक सन्तोष कोइरालाका बीच सम्झौता आदान प्रदान भएको छ ।

साथै, दक्षिण कोरियाका लागि नेपाली राजदूत अर्जुनजंग बहादुर सिंहले एक कार्यक्रमका बीच उक्त रेमिट्यान्स सेवाको औपचारिक उद्घाटन गरे ।

यो सम्झौता पश्चात दक्षिण कोरियामा कार्यरत नेपालीहरुले इन्डस्ट्रियल बैंक अफ कोरियाको माध्यमबाट माछापुच्छ्रे बैंकका नेपालभरि छरिएका ६२ शाखा, ४ एक्स्टेन्सन काउण्टर र ६ शाखारहित सेवा काउण्टरमा सजिलो र सरल माध्यमले रकम पठाउन सक्नेछन् ।

माछापुच्छ्रे बैंकले नेपाल रकम पठाउने नेपालीहरुलाई बचत खातामा निःशुल्क दुर्घटना बीमा लगायत कर्जा र अन्य बैंकिंग सेवाहरुमा विशेष सुविधा तथा सहुलियतहरु प्रदान गर्ने व्यवस्था गरेको छ । बैंकले दक्षिण कोरियाबाट नै अत्याधुनिक उपकरणको प्रयोग गरी रियल टाईममा खाता खोल्ने सुविधा समेत प्रदान गरेको बैंकले जनाएको छ ।

easy care

प्रकाशित: १९ कार्तिक २०७४, आईतवार

ताजा समाचार