नबिल बैंकले भाईबरबाट बैंकिङ सेवा दिने

Technology Khabar १६ कार्तिक २०७४, बिहीबार

नबिल बैंकले भाईबरबाट बैंकिङ सेवा दिने

काठमाडौं ।

काठमाडौं, १६ कात्तिक। नबिल बैंकले भाईबर बैकिङ सेवाको शुरुवात गरेको छ । नबिल भाईबर बैंकिङ्ग भाईबर प्लेटफर्म मार्फत उपलब्ध गराईएको एक सेवा हो ।

यो सेवा मार्फत बैंकका ग्राहकहरुले आफ्नो खाताको मौज्दात जाँच गर्न, खाताको छोटो कारोबारको विवरण लगायत अन्य विवरणको साथै विनिमय दररब्याजदर आदि विभिन्न जानकारी लिन सक्नेछन् ।

ग्राहकहरुले नबिल भाईबर बैकिङद्वारा बैंकबाट जारी गरिएका सूचनाहरु, बैंकका शाखा तथा एटिएमका बारे जानकारी, बैंकिङ्ग समय बारेको जानकारी, बैंकका सेवा तथा प्रबर्धन सम्बन्धि जानकारी आदी प्राप्त गर्न सक्नेछन् । यस सेवाका लागि बैंकका ग्राहकहरु स्वयंले भाईबरमा उपलब्ध नबिल बैंकको सार्वजनिक खातामा दर्ता हुनु पर्ने बैंकले जानकारी दिएको छ ।

‘डिजिटल बैंकिङ्ग क्षेत्रमा नयाँ आयाम थप्दै, नबिल भाईबर बैकिङ सेवाले बैंकिङ्ग सेवाहरुलाई प्रोत्साहन गर्ने र बैंकको प्रबिधिलाई नयाँ उचाईमा पुर्याउन कोशेढुंगा साबित हुनेछ,’ नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत सशिन जोशीले बताए ।

यस सेवाका लागि बैंकका ग्राहकहरु स्वयंले भाईबरमा उपलब्ध नबिल बैंकको सार्वजनिक खाता नबिल बैंकमा दर्ता हुनु पर्नेछ ।

नबिल बैंकले आर्थिक बर्ष २०७३/७४ मा बैंकिङ उद्योगमै ३ अरब ६१ करोड रुपैयाँ उच्चतम मुनाफा गर्न सफल भएको र शेयरमा आम्दानी २६.६५ प्रतिशत र प्रति शेयर आम्दानी ५८.४१ रुपैयाँका साथ आफ्नो वासलात विस्तार गर्दै १ खरब ४० अरब रुपैयाँ पुर्याएको छ ।

गत आर्थिक वर्षको मुनाफाबाट ३० प्रतिशत बोनश शेयर र १८ प्रतिशत नगद लाभांश गरी जम्मा ४८ प्रतिशत लाभांश वितरण गरेको छ । साथै यस आर्थिक वर्ष २०७४/७५ को पहिलो त्रैमासमा खुद मुनाफा ८५.१० करोड रुपैयाँ आर्जन गर्न पनि सफल भएको बैंकले जनाएको छ ।

easy care

प्रकाशित: १६ कार्तिक २०७४, बिहीबार

ताजा समाचार