माइक्रोम्याक्सको ‘भारत २ अल्ट्रा’ फोरजी स्मार्टफोन, १ हजार ६ सय रुपैयाँमा नै किन्न सकिने

Technology Khabar ७ कार्तिक २०७४, मंगलवार

माइक्रोम्याक्सको ‘भारत २ अल्ट्रा’ फोरजी स्मार्टफोन, १ हजार ६ सय रुपैयाँमा नै किन्न सकिने

काठमाडौं ।

काठमाडौं, ७ कात्तिक । पछिल्लो दिनहरुमा मोबाइल ब्राण्डहरुको छनौटमा रहेको भारतीय बजारमा विभिन्न कम्पनीहरुले सस्तो स्मार्टफोन ल्याउने क्रम तिब्र भएको छ । यसैबीचमा भारतीय मोबाइल निर्माता कम्पनी माइक्रोम्याक्सले निकै सस्तो फोरजी स्मार्टफोन सार्वजनिक गरेको छ ।

माइक्रोम्याक्सले भारतीय बजारका लागि टेलीकम कम्पनी भोडाफोनका साथमा मिलेर भारु ९ सय ९९ अर्थात नेपाली मूद्रामा १ हजार ५ सय ९८ रुपैयाँ ४ पैसामा भारत २ अल्ट्रा (Micromax Bharat 2 Ultra) फोरजी स्मार्टफोन ल्याएको हो ।

यो फोन केबल भारु ९९९ मा किन्नका लागि भने विभिन्न शर्तहरु पालना गर्नुपर्ने हुन्छ । यसको अफरमा ग्राहकहरुले शुरुमा भारु २ हजार ८ सय ९९ रुपैयाँ तिर्नुपर्ने हुन्छ । त्यसपछि तीन वर्षसम्म हरेक महिना कम्तिमा भारु १५० रुपैयाँको रिचार्ज गर्नुपर्ने हुन्छ । यो फोन लिएको १८ महिनापछि तपाईँले भारु ९०० फिर्ता पाउनुहुनेछ र त्यसपछिको १८ महिनापछि भारु १ हजार फिर्ता हुनेछ ।

तर यस्तो रकम नगदमा नभई भोडाफोनको एम पेसा (M-Pesa) वालेटमा उपलब्ध गराईने छ । यसआधारमा हेर्दा क्यासब्याकसहित जोडेर हेर्दा यो फोरजी फोनको मूल्य अन्त्यमा भारु ९ सय ९९ रुपैयाँ मात्र पर्दछ ।माइक्रोम्याक्सका को फाउण्डर राहुल शर्माले भोडाफोनका साथ सार्वजनिक गरेको यो सहकार्यले यूजर्सलाई स्मार्टफोनमा अपग्रेड गर्न सहयोग गर्ने बताए । उनले सस्तो मूल्यमा उत्कृष्ट अनुभव दिने दाबी गरे ।

भारत सिरिजमा कम्पनीले हालसम्म २० लाख हेडसेट बिक्री गरिरहेको छ ।

माइक्रोम्याक्स भारत २ अल्ट्रा फोनमा ४ इन्चको डब्लूभिजीए डिस्प्ले राखिएको छ । माइक्रोम्याक्स भारत २ अल्ट्रा स्मार्टफोनमा १.३ गीगाहर्जको स्प्रेडट्रम क्वाडकोर प्रोसेसर प्रयोग गरिएको छ । यसमा ५१२ एमबीको र्याम तथा ४ जीबीको आन्तरिक स्टोरेज छ भने माइक्रो एसडी कार्डद्धारा स्टोरेज बढाउन सकिन्छ ।

यसमा फोटोका लागि २ मेगापिक्सेलको रियर क्यामरा छ भने सेल्फीका लागि भिजीए क्यामरा छ । फोनमा १,३०० एमएएचको ब्याट्री प्रयोग गरिएको छ भने कनेक्टिभिटीका लागि ४जीसहित वाईफाई उपलब्ध छ । एन्ड्रोयडमा आधारित यो फोनमा मार्शमाल्लो भर्सनको अपरेटिङ सिस्टम छ ।

Sajilo Visa

प्रकाशित: ७ कार्तिक २०७४, मंगलवार

तपाइको प्रतिक्रिया