हवाई यात्राको बीचमा नै सामसङको ग्यालेक्सी जे७ स्मार्टफोनमा आगो लाग्यो

Technology Khabar ७ कार्तिक २०७४, मंगलवार

हवाई यात्राको बीचमा नै सामसङको ग्यालेक्सी जे७ स्मार्टफोनमा आगो लाग्यो
Global IME Bank

काठमाडौं ।

काठमाडौं, ७ कात्तिक । सामसंगको ग्यालेक्सी जे ७ (Samsung Galaxy J7) स्मार्टफोनमा हवाई यात्राको बीचमा नै आगो लागेको घट्ना सार्वजनिक भएको छ ।

यसअघि केहि दिनअघि मात्र इण्डोनेशियामा सामसंगको एउटा पुरानो मोडलको ग्यालेक्सी डुओस फोनमा आगो लागेको समाचार भाइरल भएको थियो । हाल फेरी यसको मिड रेन्जको स्मार्टफोन ग्यालेक्सी जे ७ मा आगो लागेको हो ।

भारतको नयाँ दिल्लीबाट इन्दौरको हवाई यात्रामा उडिरहेको जेट एयरवेजमा यो घट्ना भएको हो । सो हवाई यात्रामा रहेकी अर्पिता धालको ह्याण्डब्यागमा राखेको सामसंग ग्यालेक्सी जे सेभेनमा आगो लागेको थियो । उनले आफ्नो ब्यागबाट धुँवा आईरहेको थाहा पाएपछि उनले सो एयरलाइन्सको क्याबिन क्रूलाई सहयोगका लागि बोलाएकी थिईन् ।

क्याबिन क्रूले तत्काल आगो निभाउने उपकरण फायर एक्सिगूसरबाट आगो निभाउने प्रयास गरेपनि त्यसले काम नगरेपछि मोबाइल फोनलाई नै पानीमा हालिएको थियो ।

उनको ब्यागमा अन्य ब्राण्डका तीनवटा फोनहरु पनि रहेको र सुरक्षाको लागि ती सबै फोनहरुलाई पानीमा डुवाईएको बताईएको छ । जेट एयरवेजले यो घट्ना भएको पुष्टि गरेको छ र गाईडलाइन अनुसार नै समाधान गरिएको जनाएको छ ।

सामसङ इण्डियाले यो घट्नालाई नजिकबाट हेरेको र सम्बन्धित अधिकारीहरुसँग थप जानकारी लिईरहेको उल्लेख गरेको छ ।

सो डिभाइस अहिले अनुसन्धानमा रहेको बताईएको छ भने धुवाँ आउनुको कारण अझै पत्ता लाग्न सकेको छैन् ।

यसअघि पनि सामसङको ग्यालेक्सी नोट सेभेनमा ब्याट्री पड्किएर आगो लाग्ने समस्याले गर्दा कम्पनीले ठूलो घाटा बेहोर्नुपरेको थियो ।

स्रोत १  स्रोत २

यो पनि हेर्नुहोस्-

सामसंगको स्मार्टफोनमा आगो लाग्यो, प्रयोगकर्ता भने सुरक्षित (भिडियोसहित)

 

Nepal Telecom
Sajilo Visa

प्रकाशित: ७ कार्तिक २०७४, मंगलवार

ताजा समाचार