ओपोको ‘एफ५’ स्मार्टफोन बजारमा आउँदै, एआई प्रविधि र फूल स्क्रीन भएको स्मार्टफोन

Technology Khabar ६ कार्तिक २०७४, सोमबार

ओपोको ‘एफ५’ स्मार्टफोन बजारमा आउँदै, एआई प्रविधि र फूल स्क्रीन भएको स्मार्टफोन

काठमाडौं ।

काठमाडौं, ६ कात्तिक । ओपो मोबाइलले नेपाली बजारमा नयाँ सेल्फी एक्स्पर्ट सार्वजनिक गर्ने तयारी गरेको छ । सार्वजनिकको तयारीमा रहेको ओपोको नयाँ फोन एफ ५ (Oppo F5) नेपाली बजारमा ब्राण्डकै पहिलो फुल स्क्रिन मोडल हुनुका साथै यसमा नेपाली सेल्फीप्रेमीलाई विशेष ध्यानमा राखि उद्योगकै पहिलो आर्टिफिसियल ईन्टेलिजेन्सी (एआई) प्रविधि उपलब्ध गरिएको छ ।

एआई ब्यूटी रिकग्निसन प्रविधि: ‘क्याप्चरिङ दि रियल यू’

नेपालमा उपस्थित फोन ब्राण्ड मध्ये पहिलो पटक ओपोले यस फोन मार्फत सेल्फीका लागि फ्रन्ट क्यामेरामा आर्टिफिसियल ईन्टेलिजेन्सी प्रविधि समाहित गरेको छ । नयाँ सेल्फी एक्स्पर्टमा अत्याधुनिक एआई ब्यूटी प्रविधि उपलब्ध छ । यसले वैश्विक फोटो डाटाबेस मार्फत आर्टिफिसियल ईन्टेलिजेन्सीको प्रयोग गर्दै सेल्फीलाई अझ आकर्षक बनाउन सघाउने कम्पनीको दावी छ ।

ओपोको पहिलो फुल स्क्रिन स्मार्टफोन

सार्वजनिक हुन लागेको नयाँ फोन ओपोकै पहिलो फुल स्क्रिन एफएचडी डिस्प्ले मोडल हो । यसले फोनको आकार ठूलो नबनाइकनै जीवन्त तथा उत्कृष्ट दृष्यानुभुति दिन्छ । उच्च रिजोल्यूशन क्षमता सहितको स्क्रिनले उपभोक्तालाई जीवन्त दृष्यानुभुति प्रदान गर्ने कम्पनीको भनाई छ ।

सार्वजनिक गर्ने तयारीमा रहेको नयाँ सेल्फी एक्स्पर्टमा पछिल्ला उत्पादनका तुलनामा अझ आरामदायी सञ्चालन अनुभुति प्रदान गर्ने सोचका साथ परिस्कृत सञ्चालन प्रणाली उपलब्ध हुने बताईएको छ ।

नेपाली बजारमा नयाँ फोन नोवेम्बर महिनाको मध्यतिर सार्वजनिक गर्ने तयारी भइरहेको कम्पनीले जानकारी दिएको छ ।

यस्तो छ विशेषता

यो स्मार्टफोन हालसम्म विश्व बजारमा सार्वजनिक भईसकेको छैन् । यो फोन नाभेम्बर १३ तारिखमा सार्वजनिक हुने समाचारहरु बाहिर आएका छन् । यो स्मार्टफोन तीनवटा संस्करणमा आउने बताईएको छ । जसमा एफ ५, एफ ५ ६जीबी र एफ ५ यूथ हुनेछ ।

यसको आधारभूत संस्करणमा ४ जीबीको र्याम र ६४ जीबीको आन्तरिक स्टोरेज हुनेछ भने अर्कोमा ६ जीबीको र्याम र ६४ जीबीको स्टोरेज हुनेछ ।

यसमा फोटोको लागि २० मेगापिक्सेलको फ्रन्ट क्यामरा राखिनेछ भने १६ मेगापिक्सेलको रियर क्यामरा हुनेछ । यो फोन गोल्ड र ब्ल्याक कलर अप्सनमा आउने छ ।

फोनमा ६इन्चको फूलएचडी प्लस डिस्प्ले हुनेछ जसको रिजोल्यूशन २१६०X१०८० पिक्सेल हुनेछ ।

यो फोन नेपालका साथै फिलिपिन्स, भारत, इण्डोनेशिया, मलेशिया, म्यानमार र थाईल्याण्ड र भियतनाममा पनि सार्वजनिक गर्ने कम्पनीको तयारी रहेको अन्तराष्ट्रिय टेक साईटहरुले उल्लेख गरेका छन् ।

Global Bank
easy care

प्रकाशित: ६ कार्तिक २०७४, सोमबार

ताजा समाचार