विश्व बजारमा बीटक्वाइनको कारोबार अहिलेसम्मकै रेकर्ड मूल्यमा

Technology Khabar ५ कार्तिक २०७४, आईतवार

विश्व बजारमा बीटक्वाइनको कारोबार अहिलेसम्मकै रेकर्ड मूल्यमा

काठमाडौं ।

काठमाडौं, ५ कात्तिक । विश्वभर भच्र्युअल करेन्सीको रुपमा प्रचलित बीटक्वाईनले उच्च रेकर्ड कायम गरेको छ । नेपालमा बीटक्वाईनको कारोबारमा प्रतिबन्ध लागेको भएपनि अन्तराष्ट्रिय बजारमा यसको मूल्य अहिलेसम्मकै उच्च ६ हजार डलर प्रति बीटक्वाइन पुगेको छ ।

शुक्रवार यसको कारोबार उच्च हुँदै १०० बिलियन डलरको बजार पूँजीकरण एकै पटक भएको हो । यसको सिमित उपलब्धता र लगानीकर्ताहरुको निरन्तरको लगानीका कारण चर्चिच क्रिप्टोकरेन्सीको उच्च मूल्य भएको बताईएको छ ।

यो वर्ष पूर्णरुपमा भच्र्यूअल करेन्सीले ५०० गुणा मूल्य प्राप्त गरिसकेको छ ।

शुक्रबार बीटक्वाईनले ६ हजार डलर प्रति बीटक्वाइन पुगेर सोहि दिन ५ हजार ९ सय ६४.२४ डलरमा झरेको थियो ।

बीटक्वाइन डिजिटल करेन्सी हो जून लगानीको रुपमा प्रयोग गर्न सकिन्छ वा अन्य कार्यहरुका लागि लागि ब्लकचेनको माध्यमबाट कारोबार गर्न सकिन्छ । ब्लकचेन बीटक्वाइन कारोबारको रेकर्ड राख्ने डिजिटल लेजर हो ।

बीटक्वाइन २१ मिलियनभन्दा बढि निर्माण गर्न नसकिने गरि तयार गरिएको छ ।

दोस्रो ठूलो अर्थतन्त्रको रुपमा रहेको चीनमा हालसम्म बीटक्वाइनलाई प्रतिबन्ध गरिएको छ । र यस्तो प्रतिबन्ध अस्थाई भएको अनुमान गर्दै बीटक्वाइनमा लगानी गर्नेहरुको संख्या बढिरहेको छ ।

easy care

प्रकाशित: ५ कार्तिक २०७४, आईतवार

ताजा समाचार