अब फेसबुक म्यासेन्जरमा पेपालबाट रकम पठाउन र लिन सकिने

Technology Khabar ५ कार्तिक २०७४, आईतवार

अब फेसबुक म्यासेन्जरमा पेपालबाट रकम पठाउन र लिन सकिने

काठमाडौं ।

काठमाडौं, ५ कात्तिक । अनलाइन पेमेन्ट गेटवे पेपालले फेसबुक प्रयोगकर्ताहरुका लागि म्यासेन्जरबाट पैसा पठाउने तथा लिने सुविधा शुरु गरेको छ । पेपालले फेसबुकसँगको सहकार्यको घोषणा गर्दै म्यासेन्जर एप्लिकेसनबाट पीयर २ पीयर (पी२पी) पेमेन्ट सुविधा संचालन उपलब्ध गराएको हो ।

पेपाल पी २ पी भुक्तानीमा बजारमा सबैभन्दा अगाडि रहेको छ र सन् २०१७ को तेस्रो त्रैमासिकमा यसको पी२पी भोल्यूम २४ अर्ब अमेरिकी डलर रहेको छ । जून अघिल्लो वर्षको तुलनामा ४७ प्रतिशतले अधिक हो ।

यो सहकार्यमार्फत म्यासेन्जमा रकम पठाउने तथा प्राप्त गर्ने सुविधाबाट मानिसहरुलाई विभिन्न कामहरुमा थप सुविधाजनक विकल्प उपलब्ध गराउने छ । हालको लागि यो सुविधा केबल अमेरिकी म्यासेन्जर प्रयोगकर्ताहरुका लागि मात्र उपलब्ध रहेको छ र आईर्आएस प्रयोगकर्ताहरुले मात्र सेवा लिन सक्नेछन् ।

यो सुविधाको माध्यमबाट क्याबको रकम तिर्न वा रातबिरात घुम्नजाँदा वा रमाईलो गर्दाको बिल भुक्तानी गर्न साथीभाईबीच मिलेर गर्न सकिनेछ । यो सुविधाले तपाईँले आफ्नो भागमा परेको बिल मात्र पनि भुक्तानी गर्न सक्नुहुनेछ ।

गत वर्ष मात्र पेपालले फेसबुक म्यासेन्जरसँग सहकार्यको घोषणा गरेको थियो । यसबाट २५ लाख भन्दा धेरै अमेरिकी ग्राहकहरुले आफ्नो पेपाल खातालाई म्यासेन्जरमा जोडेर सेवा सुविधाको उपयोग गर्न पाएका थिए ।

कसरी यो सुविधा लिने ?

यो सुविधा एक अर्कासँग च्याट गर्दा वा ग्रुप च्याट गर्दा आउँछ । यसका लागि तपाईँले ब्लू प्लस आइकनमा ट्याप गर्नुपर्ने हुन्छ र त्यसपछि ग्रीन कलर्ड पेमेन्ट बटनमा थिच्नुपर्दछ । त्यसपछि पेपाल छनौट गरेर रकम भुक्तानी वा प्राप्त गर्न सक्नुहुनेछ।

स्रोत  माध्यम

easy care

प्रकाशित: ५ कार्तिक २०७४, आईतवार

ताजा समाचार

स्मार्ट बोर्डबाट पठनपाठन सुरु

  • Technology Khabar
  • १३ बैशाख २०८१, बिहीबार