६ जीबी र्याम भएको नोकिया ८ नेपाली बजारमा आउँदै, यस्तो छ मूल्य योजना

Technology Khabar २९ आश्विन २०७४, आईतवार

६ जीबी र्याम भएको नोकिया ८ नेपाली बजारमा आउँदै, यस्तो छ मूल्य योजना

काठमाडौं ।

काठमाडौं, २९ असोज । हालै सार्वजनिक भएको नोकियाको चर्चित स्मार्टफोन नोकिया ८ (Nokia 8) नेपाली बजारमा भित्रने तरखरमा रहेको छ । कम्पनीको नोकिया ८ आउँदो नोभेम्बरदेखि नेपाली बजारमा किन्न पाईने भएको छ ।

निकै चर्चामा रहेको नोकियाको सबैभन्दा उच्च स्तरको स्मार्टफोन नोकिया ८ नेपालमा नोभेम्बरको दोस्रो सातासम्म उपलब्ध हुने नोकियाका लागि नेपालमा आधिकारिक बितरक कम्पनी पारामाउन्ट इलेक्ट्रोनिक्स प्रालिले जानकारी दिएको छ ।

पारामाउन्ट इलेक्ट्रोनिक्स का प्रमुख कार्यकारी अधिकृत आशिष जिन्दलले नोकिया ८ ल्याउन आधिकारिक डकुमेन्टहरु तयार भईसकेको र नोभेम्बरको दोस्रो साता बजारमा उपलब्ध हुने जानकारी दिए ।

नोकिया ८ हालको नोकिया ६ भन्दा निकै महंगो अर्थात करिब ६३ हजार रुपैयाँमा किन्न पाईनेछ ।

‘हामी अहिले बजारमा नोकियाका सबै मोडलका स्मार्टफोन बिक्री गरिरहेका छौं, नोकिया ८ पनि आउँदैछ, यो फोन केहि महंगो हुनेछ,’ प्रमुख कार्यकारी अधिकृत जिन्दलले मोबाइल्सखबरसँग भने ।

उनकाअनुसार नोकिया ८ हालको नोकिया ६ भन्दा निकै महंगो अर्थात करिब ६३ हजार रुपैयाँमा किन्न पाईनेछ । कम्पनीले सिमित संख्यामा मात्र नोकिया ८ ल्याउने जानकारी दिँदै उनले यो प्रिमियम फोन प्रयोगकर्ताहरुका लागि लक्षित भएको बताए ।

अन्य मोडलभन्दा नोकिया ६ को माग अधिक गरेको हुँदा अभाव देखिएको छ ।

नोकिया ६ को बजार माग पुर्याउन कठिन

त्यसैगरि कम्पनीले नोकिया ६ को माग पुरा गर्न नसकिएको जानकारी दिएको छ । प्रमुख कार्यकारी अधिकृत जिन्दलका अनुसार कम्पनीले सिमित संख्यामा मात्र नोकिया ६ उपलब्ध गराएको तर बजारमा ग्राहकहरुले अन्य मोडलभन्दा नोकिया ६ को माग अधिक गरेको हुँदा अभाव देखिएको छ ।

‘नोकिया ५ किन्नेहरुले पनि नोकिया ६ किन्न खोजेको हुँदा अभाव देखिएको छ, मानिसहरु केहि महँगो मूल्य हालेर भएपनि नोकिया ६ किन्न चाहन्छन्,’ प्रमुख कार्यकारी अधिकृत जिन्दलले भने ।

उनकाअनुसार नोकिया ३ र नोकिया ५ को माग पुर्याउन पनि कम्पनीलाई हम्मेहम्मे परेको छ । विश्वभर नोकिया फोनको माग अत्यधिक बढेको र सिमित उत्पादनका कारण सबै मोडलहरु उपलब्ध गराउन समस्या आएको स्थानीय बितरक कम्पनीको भनाई छ ।

नोकिया ५ र नोकिया ६ को बजार मूल्यमा केबल ४ हजार रुपैयाँ हाराहारीको फरक छ । नोकिया ५ को बजार मूल्य २१ हजार ३ सय ५० रुपैयाँ छ भने नोकिया ६ को बजार मूल्य २५ हजार ६ सय ५० रुपैयाँ रहेको छ ।

कम्पनीकाअनुसार हाल नोकिया ६ को स्टक सकिएको छ भने केहि दिनमा सिल्भर कलर अप्सनको नोकिया मात्र आउँदैछ भने ब्ल्याक कलर अप्सनको नोकिया ६ किन्न चाहनेले तिहारपछि मात्र पाउनेछन् ।

के छ विशेषता

नोकिया एट विश्वको पहिलो एन्ड्रोइड स्मार्टफोन हो जसमा कार्ल जेइसको क्यामरा लेन्स प्रयोग गरिएको छ । यसमा डुअल साइड क्यामरा मोड रहेको छ । यो फिचरको माध्यमबाट फोनको फ्रन्ट तथा रियर दुबै क्यामराबाट एकसाथ फोटो तथा भिडियो खिच्न सकिन्छ ।

नोकियाले यस फिचरलाई बोथी (Bothie) नाम दिएको छ । यो प्रविधिको माध्यमबाट फेसबुक र यु ट्युबमा रियल टाइम ब्रोडकास्टिङ गर्न सकिनेछ।

यसको माध्यमबाट भिडियो स्मार्टफोनको डिस्प्लेमा स्क्रिन स्प्लिट गरेर दुबैतर्फका क्यामराका भिजिुअल एकैपटक देख्न सकिनेछ ।

यो फोनको अर्को महत्वपूर्ण फिचर यसमा भएको ओजो अडियो (OZO Audio) हो। यसमा तिनवटा माइक्रोफोन छन् जसले ३६० डिग्री आवाज क्याप्चर गर्दछ । ओजो अडियो प्रविधि विश्वमै स्मार्टफोन मध्ये पहिलो पटक नोकिया एट प्रयोग भएको कम्पनीको दाबी छ।

नोकिया एटमा ५.३ इन्चको आईपीएस क्यूएचडी डिस्प्ले रहेको छ भने गोरिल्ला ग्लास ५ द्धारा सुरक्षित गरिएको छ । फोटोका लागि फोनमा १३ मेगापिक्सेलका डुअल रियर क्यामरा छन् भने फ्रन्ट क्यामरा पनि १३ मेगापिक्सेल कै रहेको छ ।

यो पनि-

नोकियाका स्मार्टफोन अब नेपाली बजारमा, नोकिया ८ पनि छिटै अाउने

नोकियाका नयाँ स्मार्टफोन ‘नोकिया ८ र ९’ आउँदै, भिडियोमा हेर्नुहोस् यसको डिजाइन

यस्तो छ १ लाख ८७ हजार रुपैयाँ पर्ने नोकिया ३३१० को प्रिमियम हेडसेट

easy care

प्रकाशित: २९ आश्विन २०७४, आईतवार