एनएलजी इन्स्योरेन्सको मोबाइल एप्स, बीमा सम्बन्धि सबै जानकारी

Technology Khabar २५ आश्विन २०७४, बुधबार

एनएलजी इन्स्योरेन्सको मोबाइल एप्स, बीमा सम्बन्धि सबै जानकारी
Classic Tech

काठमाडौं, २५ असोज । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले एनएलजी मोबाइल एप्स सार्वजनिक गरेको छ । सो मोबाइल एप्सबाट बीमाको बारेमा जानकारी प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।

मोबाइल एप्स मार्फत ग्राहकहरुले बीमा गर्न चाहेका सम्पत्तिहरुको बीमा शुल्क, गणना गर्नुका साथै विभिन्न प्रकारका बीमालेखहरुका बारेमा थप जानकारी प्राप्त गर्न सक्ने कम्पनीले जानकारी दिएको छ ।

बीमा लेखले गर्ने जोखिम बहनका बारेमा जानकारी लिनसक्ने व्यवस्था समेत एप्समा रहेको छ । निकट भविष्यमा यस एनएलजी एप्सबाट सम्बन्धित ग्राहकले आफ्नो बीमालेखको तथा दाबी भुक्तानी प्रकृयाका बारेमा समेत थप जानकारी प्राप्त गर्न सक्ने जनाईएको छ ।

सो एप गूगल प्लेमामा गई एनएलजी एप्स डाउनलोड सर्च गरेर प्रयोगमा ल्याउन सकिने र अफ लाइनमा समेत प्रयोगमा ल्याउन सकिने कम्पनीले जानकारी दिएको छ ।

TK Viber

प्रकाशित: २५ आश्विन २०७४, बुधबार

Loading...