ब्याट्री फुल्ने समस्याले आइफोन ८ प्लस फुट्यो, एप्पलले जाँच गर्दै

Technology Khabar १६ आश्विन २०७४, सोमबार

ब्याट्री फुल्ने समस्याले आइफोन ८ प्लस फुट्यो, एप्पलले जाँच गर्दै

काठमाडौं ।

काठमाडौं, १६ असोज । विश्वको सबैभन्दा मूल्यवान कम्पनी एप्पलले यहि सेप्टेम्बरमा विश्वभर नयाँ आइफोन ८ तथा आइफोन ८ प्लस सार्वजनिक गरेको थियो । यो फोन केहि मुलुकहरुमा उपलब्ध भईसकेको छ भने नेपालमा केहि दिनमा नै सार्वजनिक हुने तयारीमा छ ।

कम्पनीले यो पटक आइफोनको अपग्रेडेड भर्सनका साथमा आइफोन एक्स पनि सार्वजनिक गरेको छ, जून केहि ढिला बजारमा आउनेछ ।

आइफोन ८ र ८ प्लसले बजारमा त्यति धेरै प्रभाव नपारेपछि यसको चर्चा र क्रेज भने घटेको छैन् । तर यहि बीचमा आइफोन ८ प्लस फुटेर खुलेको समाचारहरु बाहिर आएका छन् । भर्खरै सार्वजनिक भएको आइफोन ८ प्लस ग्राहकले खरिद गरेर प्रयोग गर्दा आफसे आफै फुटेर खुलेको समाचार ताइवान र जापानबाट आएको छ ।

दूबै रिपोर्टहरुका अनुसार यी दुबै फोनहरु आफैं खुलेका हुन् । प्रयोगकर्ताहरुले फुटेर खुल्दा बिग्रिएको भनिएको फोनको तस्वीरहरु सार्वजनिक गरेका छन् ।

समाचारअनुसार ताइवानकी एक महिला ग्राहकले आइफोन ८ प्लस पाँच दिनसम्म प्रयोग गरे र चार्ज गरिरहेको बेला आइफोन ८ प्लस फुटेर खुलेको थियो । यस्तो समस्या ब्याट्री फुलेर भएको बताईएको छ, ब्याट्री फुलेपनि यसमा कुनै आगलागी भने भएर केबल आइफोन फुटेर खुल्यो । यो घट्ना ताइवानमा भएको हो ।

अर्को यस्तै प्रकारको घट्ना जापानमा भएको छ । जापानका एक ग्राहकले खरिद गर्दा पाएको आइफोनको बक्समा फुटेको अर्थात हार्डवेयर खुलेको आइफोन ८ प्लस पाएका छन् । उनले सो आइफोनको तस्वीर पनि सार्वजनिक गरेका छन जसमा आइफोन ८ प्लस ब्याट्री फुल्दाखेरी खुलेको छ ।

यस्तो घट्ना आइफोनमा भएको पहिलो घट्ना हो । यसअघि अर्को स्मार्टफोन मेकर कम्पनी सामसंगले ग्यालेक्सी नोट सेभेनमा ब्याट्री पड्किने समस्या भोगेको थियो । जून डिभाइस कम्पनीले उत्पादन नै बन्द गर्नुपरेको थियो ।

यस्तै समस्या हाल आइफोन ८ प्लसमा देखिएको छ । यी दुबै घट्ना फरक भएपनि कारण भने एउटै देखिएको छ– ब्याट्री ।

एप्पलले आइफोन ८ प्लसको यी दूबै घट्नाको कम्पनीले जाँच शुरु गरेको जानकारी दिएको छ । म्याक र्यूमर्सलाई एप्पलका प्रवक्ताले यो विषयको जानकारी भएको र यसलाई हेरिरहेको बताएका छन्।

easy care

प्रकाशित: १६ आश्विन २०७४, सोमबार

ताजा समाचार