भारतमा आन्तरिक मोबाइल कलको इन्टरकनेक्शन शुल्क घट्यो

Technology Khabar १६ आश्विन २०७४, सोमबार

भारतमा आन्तरिक मोबाइल कलको इन्टरकनेक्शन शुल्क घट्यो

काठमाडौं ।

काठमाडौं, १६ असोज । छिमेकी मुलुक भारतको दूरसंचार नियामक निकाय टेलिकम रेगुलटरी अर्थोरिटी अफ इण्डिया (ट्राइ) ले आइतवारदेखि दूरसंचार कम्पनीहरुबीचको आन्तरिक इन्टरकनेक्शन शुल्क घटाएको छ ।

टेलिकम रेगुलटरी अर्थोरिटी अफ इण्डिया (ट्राइ) ले अक्टुबर १ तारिखदेखि लागू हुने गरि भारतभर इन्टरकनेक्शन चार्ज ६ भारतीय पैसा प्रति मिनेट लागू गरेको हो । यसअघि यस्तो इन्टरकनेक्शनको शुल्क १४ पैसा प्रति मिनेट थियो ।

ट्राइले भारतमा घरेलु टेलिकम कम्पनीहरुबीचको मोबाइलबाट मोबाइलमा हुने इन्टरकनेक्सन कलको दरलाई घटाएको हो ।

इन्टरकनेक्शन यूजेज चार्ज त्यस्तो शुल्क हो, जून टेलिकम कम्पनीहरुले ती दोस्रो कम्पनीहरुलाई भुक्तानी गदर्छन जसको नेटवर्कमा कल समाप्त हुन्छ ।

यसबाहेक ल्याण्डलाइनबाट मोबाइल, ल्याण्डलाइनबाट ल्याण्डलाइनमा हुने इन्टरकनेक्सनमा कुनै शुल्क नलाग्ने व्यवस्थालाई निरन्तरता दिईएको ट्राइले उल्लेख गरेको छ ।

भारतको दूरसंचार क्षेत्रको नियामक निकाय ट्राइले सन् २०२० को जनवरी १ तारिखदेखि भारतभर इन्टरकनेक्शनको शुल्क शुन्य बनाउने लक्ष्य यसअघि नै सार्वजनिक गरिसकेको छ ।

यस्तो रकम कम हुँदा कम्पनीहरुले मोबाइलफोन कलको रकम पनि कम गर्ने अनुमान गरिएको छ । जसले अन्तत भारतीय मोबाइल प्रयोगकर्ताहरुलाई फाईदा हुनेछ । हालसम्म कुनैपनि टेलिकम कम्पनीले मोबाइल फोनको रेट घटाउने घोषणा गरेका छैनन् ।

Global Bank
easy care

प्रकाशित: १६ आश्विन २०७४, सोमबार

ताजा समाचार