एनबी इन्स्योरेन्स अब आइएमई जनरल इन्स्योरेन्सको नाममा

Technology Khabar १२ आश्विन २०७४, बिहीबार

एनबी इन्स्योरेन्स अब आइएमई जनरल इन्स्योरेन्सको नाममा

काठमाडौं ।

काठमाडौं, १२ असोज। एनबी इन्स्योरेन्सले आफ्नो नाम परिवर्तन गरेर आइएमई जनरल इन्स्योरेन्स राख्ने भएको छ ।

एन.बी.ईन्सुरेन्स कम्पनीको २०औं बार्षिक साधारण सभाले सो नाम परिवर्तनको प्रस्तावलाई पारित गरेको हो । एनबीको बहुमत सेयर आइएमई समुहले खरिद गरेपछि यसको नाम परिवर्तन गर्ने बताएको थियो ।

कम्पनीको साधारणसभाले १० बराबर ८ अनुपातको हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गरेको छ ।

कम्पनीका अध्यक्ष हेमराज ढकालले लघु बीमा, कृषि तथा पशु बीमालाई अगाडी बढाउने क्रममा जनकपुर, बर्दिवास, ओखलढुंगा र सोलुखुम्बुको सल्लेरी स्थित शाखा कार्यालयहरुबाट सेवा प्रदान गरिरहेको र देशको कुना कुनासम्म बीमा पहुँच विस्तार गर्दै लाने रणनीति रहेको बताए ।

कम्पनीले देशभर प्रधान कार्यालय सहित २२ वटा शाखा कार्यालय, २ वटा सम्पर्क कार्यालय र ८ वटा सेवा काउण्टर गरी कूल ३२ स्थानबाट बीमा सेवा प्रदान गरिरहेकोमा चालु आ.ब.मा थप १९ स्थानमा शाखा तथा सम्पर्क कार्यालय विस्तार गरी ७ वटै प्रदेशका विभिन्न स्थानबाट शाखा, सम्पर्क कार्यालय तथा सेवा काउण्टर गरी ५१ स्थानबाट ग्राहहरुलाई बीमा सेवा प्रदान गर्ने तयारी गरेको जनाएको छ ।

Global Bank
easy care

प्रकाशित: १२ आश्विन २०७४, बिहीबार