युमिडिजी स्मार्टफोन ब्राण्ड नेपाल भित्रियो , सि नोट २, एस २, जेड १, तथा सि २ फोन बजारमा

Technology Khabar ८ आश्विन २०७४, आईतवार

युमिडिजी स्मार्टफोन ब्राण्ड नेपाल भित्रियो , सि नोट २, एस २, जेड १, तथा सि २ फोन बजारमा

काठमाडौं ।

काठमाडौँ, ८ असोज । चिनियाँ स्मार्ट फोन उत्पादक युमिडिजीले आफ्ना उत्कृष्ट फोनहरू नेपाली बजारमा ल्याएको छ ।

भिभिडटेक इम्पेक्स प्रा. लि.ले आधिकारिक एकल वितरकका रूपमा नेपालमा युमिडिजीका पाँच नयाँ फोनहरू विक्री वितरण सुरू गरेको छ । अभिनेत्री केकी अधिकारीले युमिडिजीका उत्पादनहरु नेपालमा बिक्री शुरु भएको औपचारीक घोषणा गरिन् ।

भिभिडटेकका जेनेरल म्यानेजर गोविन्द सोनीका अनुसार यही वर्ष संसारभरि नै प्रस्तुत गरिएको जेड वान प्रो फोनका साथ-साथै अन्य चार नयाँ मोडलका फोनहरू पनि नेपालमा भित्र्याइएको हो ।

युमिडिजी कम्पनिका सि नोट २, एस २, जेड १, तथा सि २ फोनहरू अब नेपाली ग्राहकहरूले खरिद गर्न सक्नेछन् । सोनीका अनुसार युमिडिजीका थप आकर्षक फोनहरू नेपाली बजारमा छिटै नै भित्र्याइनेछन् ।

युमिडिजीका सम्पूर्ण फोनहरू साम्सङले निर्माण गर्ने र्‍याम तथा रोममा काम गर्छन्, साथै यी फोनहरूमा सोनी कम्पनिले निर्माण गरेको क्यामरा प्रयोग गरिएको हुन्छ । औँठा छाप प्रयोग गरेर नै फोन अनलक गर्ने प्रणाली यी फोनमा केवल ०.१ सेकेन्ड लाग्छ, जुन संसारका फोनहरूमध्ये सबैभन्दा द्रूतमध्ये पर्ने कम्पनीको दाबी छ ।

युमिडिजी फोनहरूमा साधारणतया प्रयोग गरिने लिथियम आयन ब्याट्रीको सट्टा लिथियम पोलिमर ब्याट्री प्रयोग गरिएको छ, जसको आयु बढी छ ।

युमिडिजी फोनहरूमा चौथो संस्करणको गोरिल्ला ग्लास डिस्प्ले रहेको छ, जुन सार्प कम्पनिद्वारा निर्माण गरिएको छ ।

युमिडिजीका क्यामराहरूमा साम्सङको आ.एस.सेल तथा सोनीको आइ.एस.एक्स. प्रयोग भएको छ, जसले उत्कृष्ट कलर स्याचुरेसन प्रदान गर्दछ, साथै सि.एम.ओ.एस. सेन्सर पनि रहेको कम्पनीले जनाएको छ।

Global Bank
easy care

प्रकाशित: ८ आश्विन २०७४, आईतवार

ताजा समाचार