एमआइ ए वान स्मार्टफोन बजारमा, ४ जीबी र्याम र ६४ जीबीको स्टोरेज

Technology Khabar ३ आश्विन २०७४, मंगलवार

एमआइ ए वान स्मार्टफोन बजारमा, ४ जीबी र्याम र ६४ जीबीको स्टोरेज
NTC_Advt

काठमाडौं ।

काठमाडौं, ३ असोज । नेपालको लागि जाबोमीका अधिकृत विक्रेता वत्सल इम्पेक्स प्रालिले महान चाड दशैको शुभ उपलक्ष्य पारेर बजारमा नया स्मार्टफोन सार्वजनिक गरेको छ । कम्पनीले ४ जीबी र्यामसहितको एमआइ ए वान (Mi A1) स्मार्टफोन बजारमा ल्याएको हो ।

दशै अफरको योजना सगसगै बजारमा भित्रिएको एमआइ ए वानमा ५.५ इन्चको डिस्प्ले रहेको छ भने अप्टिकल जूम ड्यूल क्यामरा सेटअप रहेको छ ।

फूल मेटल बडि भएको एमआइ ए वान मा ४ जीबीको र्याम तथा ६४ जीबीको आन्तरिक स्टोरेज राखिएको छ ।

फोनमा पावरका लागि ३,०८० एमएएचको ब्याट्री प्याक रहेको छ ।

कम्पनीले सिमित अवसरका लागि फोनको मूल्य २९ हजार ९ सय ९९ रुपैयाँ तोकेको छ ।

जाबोमीको एमआइ ए वान स्मार्टफोन अनलाइन वुकिङ्गको लागि कम्पनीको आधिकारिक वेवसाइट हेर्न तथा विक्रेतामा सम्पर्क गर्न सक्नुहुने कम्पनीले जनाएको छ ।

प्रकाशित: ३ आश्विन २०७४, मंगलवार