सामसङ ग्यालेक्सी नोट ८ नेपाली बजारमा, मूल्य १ लाख रुपैयाँ भन्दा बढि

Technology Khabar २ आश्विन २०७४, सोमबार

सामसङ ग्यालेक्सी नोट ८ नेपाली बजारमा, मूल्य १ लाख रुपैयाँ भन्दा बढि

काठमाडौं ।

काठमाडौं, २ असोज। सामसङको नयाँ उत्पादन ‘सामसङ ग्यालेक्सी नोट ८’ (Samsung Galaxy Note 8)  नेपाली बजारमा सोमबार सार्वजनिक हुँदैछ । कम्पनीले विश्व बजारमा सार्वजनिक गरेको एक महिना भित्रै नेपाली बजारमा सामसङ ग्यालेक्सी नोट ८ ल्याउन लागेको हो ।

विश्व बजारमा कम्पनीले निकै अाशा र अपेक्षासहित नोट ८ सार्वजनिक गरेको भएपनि नेपालमा भने निकै सानो तहमा कार्यक्रम गरेर ‘सामसङ ग्यालेक्सी नोट ८’ बजारमा आएको जानकारी दिन लागिएको छ । यसको लागि कम्पनीले आफ्नै भवनमा कार्यक्रम आयोजना गरेको छ ।

यसअघि नोट सेभेनमा ब्याट्री पड्किने समस्या आएपछि सामसङको नोट सिरिजमा नयाँ फोन आएपनि नेपाली बजारमा भने यसको चर्चालार्इ आइफोन ८ र एक्सको सार्वजनिकीकरणले ओझेलमा पारिदिएको छ ।

यो ठुलो डिस्प्लेयुक्त फ्ल्यागसिप स्मार्टफोन हो । फोनमा ड्यूल रियर क्यामरा दिइएको छ भने, एस पेन स्टाइल पनि उपलब्ध छ।

नोट सिरिजलार्इ अगाडि बढाउन यसले निकै सहयोग गर्ने आशाका बीच यसमा कम्पनीले नयाँ फीचरहरु थप गरेको छ ।

यसका विशेषताहरु के के छन त ?

डिस्प्ले : यो फोनमा ६.३ इन्चको क्वाड एचडी इन्फिनिटी डिस्प्ले जडान गरिएको छ । किनारामा बेजल्स राखिएको छ भने फोनको स्क्रीन सुपर एमोलेड रहेको छ, जसको पिक्चर रिजोलुसन १४४०X २९६० पिक्सल रहेको छ । क्वाड डिस्प्लेलाई सुरक्षा दिन गोरिल्ला ग्लासको प्रयोग गरिएको छ । यो फोन ब्ल्याक, ग्रे, डिप व्लू र गोल्डन कलरमा सार्वजनिक भएको छ ।

प्रोसेसर : अक्टाकोर स्न्यापड्रागन ८३५ र एक्सोनेट ८८९५ प्रोसेसर प्रयाेग गरिएको छ । अमेरिका र भारत बाहेकका देशमा एक्सोनेट ८८९५ चिपमा मात्र उपलब्ध हुने छ । कम्पनीले यसमा र्याम क्षमतामा पनि वृद्धि गर्दै ६ जीबी र्याम राखेको छ । यो फोन ३ वटा अान्तरिक स्टोरेज क्षमतामा उपलव्ध हुन्छ । ६४ जीबी, १२८ जीबी र २५६ जीबी स्टोरेज क्षमता ग्राहकले आवश्यकता अनुसार छनोट गर्न सक्ने छन् ।

व्याट्री : नोट ८ मा ३३०० एमएएच क्षमताको व्याट्री जडान गरिएको छ । यसअघि नोट सेभेनमा ३५०० एमएएच ब्याट्री प्रयोग गरिएको थियो । तर सुरक्षाका कारण नयाँ नोट फोनमा कम क्षमताको ब्याट्री राखिएको छ ।

क्यामरा : फोनमा ड्युल क्यामेरा लेन्सको प्रयोग भएको छ । दुबै रियर क्यामेरा अप्टिकल इमेल स्टेबलाइजरसहितको १२ मेगापिक्सलको छ भने सेल्फीका लागि फ्रन्ट क्यामेरा ८ मेगापिक्सलको रहेको छ ।

डिजाइन : सामसुङ ग्यालेक्सी एस ८ डिजाइनको आधारमा तयार पारिएको यो नोट ८ हेर्दा ग्यालेक्सी ८ जस्तै रहेको छ । यो फोन ग्लास र मेटल बढीको समिश्रणले निर्माण गरिएको छ । साथै अगाडी र पछाडिको भागमा आर्कषक डिजाइन गरिएको छ । डिजाइनको पछाडि भागमा फिङगर प्रिन्ट स्क्यानर जडान गरिएको छ ।

यो फोनमा सामसङको बिक्स्बी पनि छ साथै कम्पनीले नयाँ भीआर गियर तथा डेक्स वर्कस्टेसनको सपोर्ट पनि दिएको छ ।

मूल्य: यो फोन सेप्टेम्बर १५ देखि विश्व बजारमा बिक्रीका लागि उपलब्ध भएको छ।

नेपालमा भने यसको लागि प्रि अर्डर गर्नुपर्नेछ ।

अमेरिकी बजारमा सामसङ ग्यालेक्सी नोट ८ को मुल्य ९३० डलर रहेको छ । नेपालमा भने यसको मूल्य १ लाख २ हजार ९ सय ९० रुपैयाँ तोकिएको छ । यसको प्रि अर्डरमा सामसङ कन्भर्टिबल वायरलेस चार्जर उपहारमा ग्राहकले पाउनेछन् ।

त्यसैगरी एनसेलको १६ जीबी डाटा निशुल्क उपलब्ध छ भने शिखर इन्स्योरेन्सबाट ८ महिनासम्मका लागि ब्रेकेज इन्स्योरेन्स स्मार्ट एकाडेमी र भीआइपी सर्भिस एक्सेस सेवा कम्पनीले दिनेछ ।

सामसङ ग्यालेक्सी नोट ८ प्रि अर्डर गर्नको लागि यहाँ क्लिक गर्नुहोस् ।

Global Bank
easy care

प्रकाशित: २ आश्विन २०७४, सोमबार

ताजा समाचार