केएल टावरमा मोबाइलको मेगा मेला, बम्पर उपहारमा मलेसिया र सिंगापुरको टुर

Technology Khabar ३० भाद्र २०७४, शुक्रबार

केएल टावरमा मोबाइलको मेगा मेला, बम्पर उपहारमा मलेसिया र सिंगापुरको टुर

काठमाडौं ।

काठमाडौं, ३० भदौ । काठमाडौंको चाबहिलस्थित केएल टावरमा मोबाइलको मेगा मेला सुरु भएको छ । दशैं तिहारको अबसर पारेर गरिएको मोबाइलको मेगा मेला अन्तर्गत जस्तोसुकै बिग्रिएको फोन पनि एक्सचेन्ज गरिने दाबी गरिएको छ ।

केएल मोबाइल हबमा जारी मेगा मेलामा मोबाइल खरिदकर्ताले हात खाली नजाने उपहार पाउने छन् भने मेगा बम्पर उपहार अन्तर्गत एकजनाले आइफोन ८ र एकजनाले मलेसिया र सिंगापुरको टुर लक्की ड्र मार्फत पाउने जानकारी दिईयो ।

मेगा मेलाको उद्घाटन नेपाल एअरलाइन्सका क्याप्टेन तथा सिटिभी मोबाइल ग्रुपका ब्राण्ड एम्बासडर बिजय लामाले गरेका थिए ।

यसको साथै मेलामा ६० प्रतिशत सम्म छुटका मोबाइल पनि रहेका छन् अफर भित्रको पनि अफर योजना लगायत केएल मोबाइल हबको योजनासँगै बिभिन्न मोबाइल कम्पनीले दिने योजना पनि समाबेश गरिएको छ ।

केएल मोबाइल हव संचालनको अबसर पारेर ल्याएको उपहार योजनाअन्तर्गत फेसबुक फोटो कन्टेस्टमा भाग लिएका सिन्धुपाल्चोकका हरि कुमार दुलालले सामसुङ एस ८ प्लस प्राप्त गरेका छन् । बिजयी भएका दुलाललाई नेपाल एअरलाइन्सका क्याप्टेन तथा सिटिभी मोबाइल ग्रुपका ब्राण्ड एम्बेस्डर बिजय लामाले एस ८ प्लस हस्तान्तरण गरेका थिए ।

यसैगरि बिजय लामा सँगै मलेसिया र सिंगापुरको भ्रमण गर्ने अबसर धुम्बाराहीकी स्मारिका बिष्टले पाएकी छन् ।

दशैं तथा तिहारको अबसर पारी सुरु गरिएको मोबाइलको मेगा मेलामा मोबाइल खरिद गर्ने ग्राहकले सेल्फीस्टिक, पावर बैंक, मोबाइल, नगद र बिभिन्न एशोसरिज प्राप्त गर्ने बताईएको छ ।

मेगा मेला तिहार सम्म संचालनमा आउने कम्पनीले जनाएको छ ।

easy care

प्रकाशित: ३० भाद्र २०७४, शुक्रबार