आईएमईको छ लाख रुपैयाँको जीवन बीमा पुरस्कार पर्ब बहादुरले पाए

Technology Khabar २८ भाद्र २०७४, बुधबार

आईएमईको छ लाख रुपैयाँको जीवन बीमा पुरस्कार पर्ब बहादुरले पाए

काठमाडौं ।

काठमाडौं २८ भदौ । यसपटकको दशैं, तिहार र छठ पर्वलाई लक्षित गरी आईएमईले ल्याएको ‘आईएमई छक्का–पञ्जा’ अफर अन्तर्गत पहिलो १५ दिनको जीवन बीमा आईएमई सेवाग्राही पर्ब बहादुर राईले प्राप्त गरेका छन् ।

सफ्टवेयर पद्वतिमा आधारित छनोट कार्यक्रममा मलेशियास्थित रिया आईएमईबाट नेपालमा पैसा पठाउने राई भाग्यशाली विजेता छनोट भएको कम्पनीले जानकारी दिएको छ ।

विजेता राई वा नीजले सिफारिस गरेको व्यक्तिले आईएमई लाइफ इन्स्युरेन्सको छ लाख बराबरको जीवन बीमा प्राप्त गर्नेछन् ।

यही भदौ १२ गतेदेखि संचालनमा ल्याएको प्रवद्र्धनात्मक कार्यक्रममा देश विदेशका लाखौँ सेवाग्राही सहभागी भई दैनिक ‘लक्की ड्र’ मा ९ सय जना आईएमई पे क्यासमार्फत् पुरस्कृत भइसकेका छन् । आगामी मंसिर ३ गतेसम्म १२ हप्ता संचालन हुने सो सेवाग्राहीमूखी कार्यकममा पैसा पठाउने सेवाग्राही मध्येबाट ट्रान्जेक्शन नम्बर र नामका आधारमा सफ्टवेयर पद्वतिमा आधारित रही विजेता छानिने कम्पनीले उल्लेख गरेको छ ।

कम्पनीले १५५ आईएमई सेन्टरसहित मुलुकभर ६,४०० सयभन्दा बढी सव–एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखामार्फत् सेवा प्रदान गरिरहेको जनाएको छ ।

Global Bank
easy care

प्रकाशित: २८ भाद्र २०७४, बुधबार