एप्पलले ल्यायो तीनवटा नयाँ आइफोन, सबैभन्दा महंगो ‘आइफोन एक्स’

Technology Khabar २८ भाद्र २०७४, बुधबार

एप्पलले ल्यायो तीनवटा नयाँ आइफोन, सबैभन्दा महंगो ‘आइफोन एक्स’

काठमाडौं ।

काठमाडौं, २८ भदौ । एप्पलले बहुप्रतिक्षित फोन आइफोन ८ को सिरिज मंगलवार सार्वजनिक गरेको छ । कम्पनीले आइफोन ८, ८ प्लस र आइफोन एक्स सार्वजनिक गरेको हो ।

एप्पलले आफ्नै मुख्यालय रहेको क्यालिफोर्निया, कुपर्टिनोमा रहेको एप्पल पार्क क्याम्पसको स्टीव जब्स थिएटरमा एक इभेन्ट आयोजना गरेर सार्वजनिक गरेको हो ।

आइफोन ८ तथा आइफोन ८ प्लस गत वर्ष सार्वजनिक भएको आइफोन ७ र ७ प्लसको अपग्रेडेड भर्सनको रुपमा आएको छ । यसको डिजाइन करीब करीब पुरानै छ । यसमा पछाडिको भागमा ग्लास राखिएको छ भने ए ११ चीप, र वायरलेस चार्जिंग सुविधा रहेको छ ।

आइफोन ८ र ८ प्लसमा एलईडी डिस्प्ले नै प्रयोग गरिएको छ भने आइफोन एक्समा बेजेललेस ओएलईडी डिस्प्ले राखिएको छ ।

एप्पलले आफ्नो १० औं वार्षिकोत्सवको अवसर पारेर विशेष फोनको रुपमा आइफोन एक्स ल्याएको हो ।

कम्पनीले ल्याएको विशेष आइफोन एक्समा भने नयाँ विशेषताहरु राखिएका छन् । यो फोन आइफोनको सबैभन्दा प्रिमियम फोनको रुपमा आएको छ । यसमा ५.८ इन्चको ओएलईडी डिस्प्ले छ । यसमा निकै कम बेजेल छ माथिल्लो भागमा फ्रन्ट क्यामरा, ईयरपिस र थ्रीडी सेन्सरको लागि छुट्याईएको छ ।

एप्पलले ल्याएको नयाँ आइफोनको केहि मुख्य विशेषताहरु यस्ता छन् ।

डिजाइन

नयाँ आइफोनमा सबैभन्दा ठूलो परिवर्तन डिजाइनमा गरिएको छ । यसमा बेजेललेस ओएलईडी डिस्प्ले पहिलो पटक प्रयोग गरिएको छ र यो आइफोन एक्समा मात्र राखिएको छ । यस्तो प्रकारको डिजाइन आइफोनमा अहिलेसम्मकै सबैभन्दा ठूलो परिवर्तन हो ।

फेस आईडी

नयाँ आइफोन एक्स मा नयाँ विशेषतासहितको क्यामरा छ । यसको फ्रन्ट क्यामरामा फेस स्क्यानिङ्ग प्रविधि राखिएको छ । जसको सहयोगबाट तपाईँले आइफोनको डिस्प्लेमा हेरेर नै फोन अनलक गर्न सक्नुहुनेछ । अहिलेसम्म आइफोन अनलक गर्नको लागि टच आईडी सेन्सर प्रविधिको प्रयोग हुँदै आएको छ ।

वायरलेस चार्जिंग

एप्पलले नयाँ आइफोनमा वायरलेस चार्जिंग प्रविधि प्रयोग गरिएको छ । कम्पनीले हालसम्म आइफोनमा क्यूआई चार्जिंग प्रविधिको प्रयोग गरिरहेको छ तर यो पटक भने कम्पनीले वायरलेस चार्जिंगको अप्सन दिएको छ ।

चीपसेट

आइफोनले प्रत्येक पटक नयाँ आइफोनसँगै नयाँ चीपसेटको पनि घोषणा गर्ने गरेको छ । आइफोन ८ सिरिजका साथमा कम्पनीले ए११ चीपसेट सार्वजनिक गरेको छ । यसमा एप्पलले पहिलो पटक जीपीयूका साथमा सिक्स कोर ए११ बायोनिक चीपसेट राखेको छ ।

मूल्य

सार्वजनिक भएको आइफोन ८ को ६४ जीबीको मूल्य ६९९ अमेरिकी डलर तथा २५६ जीबीको मूल्य ७९९ अमेरिकी डलर तोकिएको छ । त्यस्तै आइफोन ८ प्लस ६४ जीबीको मूल्य ७९९ अमेरिकी डलर तोकिएको छ ।

सार्वजनिक भएको आइफोन ८ सिरिज केहि देशहरुमा १५ सेप्टेम्बरदेखि प्रिअडर गर्न सकिनेछ भने २२ सेप्टेम्बरदेखि डेलिभरी हुनेछ ।

त्यस्तै विशेष फोनको रुपमा आएको आइफोन एक्सको ६४ जीबीको मूल्य ९९९ अमेरिकी डलर तोकिएको छ भने २५६ जीबी भर्सनको मूल्य ११४९ अमेरिकी डलर तोकिएको छ ।

Global Bank
easy care

प्रकाशित: २८ भाद्र २०७४, बुधबार

ताजा समाचार