वर्ल्डलिंकको इन्टरनेट सेवा लिँदा फोर्डको एस्पायर कार उपहार पार्इने

Technology Khabar २७ भाद्र २०७४, मंगलवार

वर्ल्डलिंकको इन्टरनेट सेवा लिँदा फोर्डको एस्पायर कार उपहार पार्इने

काठमाडौं ।

काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले दशैं तथा तिहारको उपलक्ष्यमा ’ए हजुर कता ! इस्क्राच गरौँ यता’ भन्ने नयाँ अफर ल्याएको छ ।

वर्ल्डलिंकले सो अफर अन्तरगत फोर्डको एस्पायर कार उपहार दिने योजना ल्याएको हो ।

अफर अन्तर्गत ग्राहकहरुले लक्की ड्र मा हरेक हप्ता १२ वटा ४३ इन्चको सामसुङ फोर के यूएचडी टिभी र बम्पर पुरस्कार स्वरुप एउटा फोर्डको एस्पायर कार जित्न सक्ने वर्ल्डलिंकले जनाएको छ ।

त्यस्तै, सियोर सट अफरमा हरेक ग्राहकले ३ महिनाको अग्रिम भुक्तानी गर्दा १२ महिनासम्मको निशुल्क इन्टरनेट सेवा अथवा एक हजार रुपैयाँ नगद फिर्ताका साथै १२ महिनाको सेवा शुल्क अग्रिम भुक्तानी गर्दा थप १२ महिनासम्मको निशुल्क इन्टरनेट सेवा अथवा २ हजार रुपैयाँ नगद फिर्ता फिर्ता पाउने छन् ।

यी अफरहरु भदौ २७ गतेदेखि शुरु भई मंसिर २७ गतेसम्म रहने छ । अफर अवधिभर ग्राहकहरुले भुक्तानी गर्दा एउटा कार्ड स्क्राच गरी तोकिए बमोजिमका अफरहरु पाउन सक्ने कम्पनीले जनाएको छ ।

Global Bank
easy care

प्रकाशित: २७ भाद्र २०७४, मंगलवार

ताजा समाचार