ललितपुर मोबाइल एक्स्पोमा ग्राहकहरुको भिड बढ्दो, मोबाइल किन्दा छुटैछुट

Technology Khabar २० भाद्र २०७४, मंगलवार

ललितपुर मोबाइल एक्स्पोमा ग्राहकहरुको भिड बढ्दो, मोबाइल किन्दा छुटैछुट

काठमाडौं ।

ललितपुर, २० भदौ । लगनखेलस्थित ललितपुर मलको दोस्रो तल्लामा रहेको ललितपुर मोबाइल कम्प्लेक्सले ललितपुरकै सबैभन्दा भव्य र ठूलो ललितपुर मोबाइल एक्स्पो २०७४ आयोजना गरिरहेको छ ।

कम्पनीले मोबाइल एक्स्पोको अवसर पारेर विभिन्न ब्राण्डका मोबाइल फोनहरुमा आकर्षक छुटको घोषणा गरेको छ ।

उपभोक्ताहरुले मोबाइल खरिद गर्दा ह्वावेको जीआर ५ र पी ९ लाइटमा २५ प्रतिशतसम्मको छुट, सोनीको एक्सपेरिया एक्सजेडमा ३० प्रतिशतसम्मको छुट सिधै प्राप्त गर्नेछन् ।

त्यसैगरी मोबाइल कम्प्लेक्समा एक्स्पो अवधिभर लाभाको लाभा एक्स वान प्लस, लाभा एक्स ८, लाभा पिक्सेल भी २ प्लस, लाभा ८६०, लाभा ग्राण्ड २, लाभा ग्राण्ड २ सी फोनहरुमा पनि २५ प्रतिशत नगद छुट दिइएको छ ।

हात खाली नजाने उपहारहरु पनि प्रत्येक मोबाइल खरिदमा राखिएको छ । जसअन्तर्गत हरेक मोबाइलको खरिदमा हात खाली नजाने योजनामा पावर ब्यांक, मेमोरी कार्ड, ब्लूटूथ हेडफोन, प्रिन्टेड कप, सेल्फी स्टिक, हेडफोन, स्पीकर प्राप्त गर्न सक्ने बताइएको छ ।

कम्प्लेक्सले एक्स्पोको बेलामा दिने अफरहरु सँगै विभिन्न मोबाइल कम्पनीहरुले ल्याएका अफरहरु पनि साथमा लागू हुनेछ । जसमा स्क्रयाच अफर, एसएमएस योजना, बम्पर पुरस्कारमा बाईक उपहार, क्यासब्याक, विभिन्न देशको टूरलगायतका मोबाइल खरिदमा लागू भएका योजना पनि एकैसाथ उपलब्ध हुनेछ ।

कम्प्लेक्सले ग्राहकहरुलाई सस्तो मूल्यमा विभिन्न ब्राण्डका फोनहरु बिक्री गरिरहेको अध्यक्ष पुरुषोत्तम बस्नेतले जानकारी दिए ।

‘हामीले सबैभन्दा सस्तो मुल्यमा स्मार्टफोनहरु बिक्री गरिरहेका छौं, जसले गर्दा हाम्रो स्टक सकिएको छ । अझै ग्राहकहरुले गुणस्तरीय र ब्राण्डेड मोबाइल सुपथ मुल्यमा किनिरहेका छन् । सबैलाई यो मौकाको फाईदा उठाउन हामी आग्रह गर्दछौं,’ अध्यक्ष बस्नेतले भने ।

कम्प्लेक्समा सामसुंग, ह्वावे, जियोनी, कलर्स, आईफोन, एचटिसी, नोकिया , डिटिसी, ओवीआई, लाभा, सोनी, वन प्लस लगायत ब्राण्डका फोनहरु उपलब्ध छन् ।

नेपालीहरुको महान चाड बडादशैं तथा तिहारको अवसर पारेर कम्पनीले यहि भदौ १६ गते देखि भदौ २६ गतेसम्म संचालन हुनेछ ।

easy care

प्रकाशित: २० भाद्र २०७४, मंगलवार