आइटेल मोबाइल र टेक्नो मोबाइल ब्राण्ड नेपाल आउँदै, ओराइमोका एसेसरिज पनि साथमा

Technology Khabar २० भाद्र २०७४, मंगलवार

आइटेल मोबाइल र टेक्नो मोबाइल ब्राण्ड नेपाल आउँदै, ओराइमोका एसेसरिज पनि साथमा

काठमाडौं ।

काठमाडौं, २० भदौ । नेपाली बजारमा नयाँ ब्राण्डका मोबाइलफोनहरु भित्रने तयारीमा रहेका छन् । हंगकंगमा कम्पनी रहेको ट्रान्सन होल्डिङ्गस (Transsion Holdings, Nepal) को स्वामित्वमा रहेको आइटेल मोबाइल (itel mobile) र टेक्नो मोबाइल (Tecno Mobile) ब्राण्ड नेपाली बजारमा आउन लागेका हुन् ।

कम्पनीले नेपाली बजारमा दुबै ब्राण्डका फरक फरक मोडलहरु ल्याउने तयारी गरेको छ । नेपालमा भने महालक्ष्मी मोबाइल्सले दुबै ब्राण्डहरु सार्वजनिक गर्दैछ । महालक्ष्मी मोबाइल्स नेपालको एक चर्चित व्यवसायीक घराना समूहअन्तरगतको कम्पनी हो ।

महालक्ष्मी मोबाइल्सले दुबै ब्राण्डका साथमा नयाँ एसेसरिज ब्राण्ड पनि सार्वजनिक गर्दैछ । कम्पनीले बुधवार एक कार्यक्रमका बीच नयाँ ब्राण्डहरुको घोषणा गर्नेछ ।

कम्पनीले दुबै ब्राण्डका विभिन्न फिचर फोनका साथै स्मार्टफोन सार्वजनिक गर्ने जानकारी सेल्स म्यानेजर समर्पण मिश्रले जानकारी दिए ।

‘यो हंगकंगमा रहेको कम्पनी हो जसको ब्राण्ड अफ्रिका महादेशमा चर्चित रहेको छ, नेपालमा दुबै ब्राण्डका मिड रेन्जका फोनहरु सार्वजनिक गर्दैछौं,’ मिश्रले मोबाइल्स खबरसँग भने ।

महालक्ष्मी मोबाइल्सले टेक्नो मोबाइल ब्राण्डमा चारवटा स्मार्टफोनहरु सार्वजनिक गर्नेछ जून न्यूनतम ७ हजार ५ सय रुपैयाँदेखि २५ हजार रुपैयासम्मको हुनेछ । टेक्नो मोबाइल ब्राण्डमा ५० हजार रुपैयाँसम्मका स्मार्टफोनहरु उपलब्ध भएपनि नेपाली बजारमा भने आगामी दिनमा बजारको अवस्था हेरेर मात्र महंगा सेटहरु भित्र्याउने सेल्स म्यानेजर मिश्रले जानकारी दिए ।

त्यसैगरि आइटेल मोबाइल ब्राण्डमा ५ वटा फिचर फोन र २ वटा स्मार्टफोनहरु सार्वजनिक हुनेछ जसको मूल्य न्यूनतम ८ सय रुपैयाँदेखि ६ हजार रुपैयाँसम्म तोकिएको छ ।

ओराइमो ब्राण्डका एसेसरिज भने सबै प्रकारका उपलब्ध गराउने कम्पनीले जानकारी दियो ।

ट्रान्सन होल्डिङ्गसले विश्वका ५८ भन्दा बढि मुलुकहरुमा आफ्ना ब्राण्डमा फोनहरु बिक्री गरिरहेको जानकारी दिईयो । दुबै ब्राण्डका फोनहरु चीनको सेजझेनमा ट्रान्सन होल्डिङ्गसको आफ्नै उत्पादन कम्पनी र अनुसन्धान तथा विकास केन्द्रमार्फत निर्माण गरिने गरेको मिश्रको दाबी थियो ।

ट्रान्सन होल्डिङ्गसको नयाँ मोबाइल ब्राण्डहरु नेपाली बजारमा सार्वजनिक गर्न हंगकंगबाट नै कम्पनीका प्रबन्ध निर्देशक मार्को मा मंगलवार नै नेपाल आईपुगेका छन् ।

easy care

प्रकाशित: २० भाद्र २०७४, मंगलवार