सामसङको क्यू एलईडी टिभी नेपाली बजारमा, यस्ता छन विशेषताहरु

Technology Khabar १८ भाद्र २०७४, आईतवार

सामसङको क्यू एलईडी टिभी नेपाली बजारमा, यस्ता छन विशेषताहरु

काठमाडौं ।

काठमाडौं, १८ भदौ । सामसङको नेपालमा आधिकारिक बितरक हिम इलेक्ट्रोनिक्स प्रालिले डिलर्स मिटमार्फत सामसङ क्यू एलईडी टिभी  (Samsung QLED TV) (दि नेक्स्ट इनोभेसन इन टिभी) नेपाली बजारमा सार्वजनिक गरेको छ ।

४०० भन्दा बढि डिलरहरु नेपालका विभिन्न क्षेत्रबाट डिलर्स मिटमा सक्रिय रुपमा सहभागी भएका थिए ।

क्यू एलईडीका विशेषताहरु:

क्यु पिक्चरः

सहि समिश्रणको कलरमा परिवर्तन गराउने एक्लुसिभ क्वान्टम डट्सका साथमा आउने हाम्रो क्यू एलईडी टिभी हो, जसले १०० प्रतिशत कलर भोलुम प्राप्त गर्ने पहिलो यस्तो प्रकारको टिभी हो ।

१०० प्रतिशत कलर भोल्यूम:

सामसङ क्यूएलईडी टिभीहरुमा १०० प्रतिशत कलर भोल्यूम तथा १० लाखभन्दा बढि रंगहरुको संयोजन संयोजन गरिएको छ । सामसङ क्वान्टम डट्स मार्फत अनुभव गर्नुहोस् उत्कृष्ट जीवन्त रंगहरु जुन अत्यन्तै उज्यालो दृश्यले अन्य टिभीमा भने फुस्रो पर्दछ ।

क्यू कन्ट्रास:

दिउँसोको समयमा उज्यालो कोठामा टिभी हेर्नु निकै चुनौतीपूर्ण हुने गरेको छ, तर सामसङको क्यूएलईडीले सूपेरियर पिक ब्राइटनेसको माध्यमबाट त्यसलाई कटाएर स्क्रीनको आवश्यक भागमा मात्र चहकिलो बनाउँछ ।

क्यूवेईङ एंगल:

हरेक एंगलबाट टिभी हेर्न सकिन्छ । क्यू । एभ्री भ्यू, कलर हरेक कुनाबाट उत्तिकै स्पष्ट हुन्छ, त्यसैले प्रत्येक सिट उत्कृष्ट सिट हुन्छ ।

नेपालका लागि सामसङका देशिय निर्देशक वोन तथा हिम इलेक्ट्रोनिक्स प्रालिका प्रबन्ध निर्देशक शेखर गोल्छाले डिलरहरुलाई सम्बोधन गरेको कम्पनीले जनाएको छ ।

easy care

प्रकाशित: १८ भाद्र २०७४, आईतवार