एमआइ फोन किन्दा १ वर्षको निशुल्क बीमा, दशैं तिहारमा उपहारै उपहार

Technology Khabar ७ भाद्र २०७४, बुधबार

एमआइ फोन किन्दा १ वर्षको निशुल्क बीमा, दशैं तिहारमा उपहारै उपहार

काठमाडौं ।

काठमाडौं । एमआई (Xiaomi/MI) ब्राण्डका स्मार्टफोनको आधिकारिक बितरक वत्सल इम्पेक्सले हालै ग्राहकहरुको मोवाइल प्रतिको सुरक्षालाई मध्यनजर गदै १ वर्षको निशुल्क इन्सुरेन्स ल्याएको छ ।

साथै कम्पनीले नेपालीहरुको महान चाड दशैं तिहारको अवसर पारेर “किन मान्छौ बोर दशैं तिहारमा MI को Gift Sure” अन्तर्गत हात खाली नजाने उपहार दिने भएको छ ।

कम्पनीले अफर अन्तर्गत दुबई एक जोडी भ्रमण, बैंकक भ्रमण, पल्सर बाईक, एमआई टिभी, एमआई ल्यापटप, एमआई स्कूटी, एमआई रोबोट भ्याकुम, एमआई फोन, एमआई लगेज, एमआई वाटर प्यूरीफायर, एमआई हेडफोन, एमआई टिभी बक्स, एमआई एयर प्यूरीफायर, एमआई स्पीकर, एमआई ब्याग, एमआई राउटर, एमआई ब्याण्ड–२, एमआई स्केल, एमआई पावर बैंक, एमआई भीआर, गोल्ड क्वाइन, सिल्भर क्वाइन, ईयरफोन, रिंङ आदि प्राप्त गर्न सक्ने वत्सल इम्पेक्सले जानकारी दियो ।

उपहार योजनामा सहभागिताको लागि एमआइ नेपाल एप डाउनलोड गरेर ‘भेरिफाई’ मा गई फारम भरेर गरी रजिस्टर्ड भएको जानकारी प्राप्त गर्न सकिनेछ । यसका साथै उपहार विजेताहरुको घोषणा तुरुन्तै एसएमएसमार्फत गराइने कम्पनीले जनाएको छ ।

Global Bank
easy care

प्रकाशित: ७ भाद्र २०७४, बुधबार

ताजा समाचार