क्यान कमटेक भदौ २९ गतेदेखि आयोजना हुने

Technology Khabar ६ भाद्र २०७४, मंगलवार

क्यान कमटेक भदौ २९ गतेदेखि आयोजना हुने

काठमाडौं ।

काठमाडौं, ६ भदौ । क्यान महासंघले सूचना तथा सञ्चार प्रविधिलाई नेपाली समाजमा प्रवद्र्धन गर्ने उद्देश्यले यहि भदौ २९ गतेदेखि क्यान कमटेक २०१७ आयोजना गर्न लागेको छ ।

काठमाडौंको भृकुटीमण्डप स्थित प्रदर्शनीहलमा आयोजना हुने क्यान कमटेक २०१७ (इन्फरमेसन, कम्युनिकेशन र टेक्नोलोजी) प्रदर्शनीमा प्रदर्शनीमा ईन्टरनेट सेवा प्रदायक, टेलिकम्युनिकेशनस्, इलेक्ट्रोनिक सेक्यूरिटी तथा सेफ्टी सलुसन, हार्डवेयर सेल्स तथा मेन्टीनेन्स्, पावर सोलुसन्स्, मोवाईल एसेसोरिज, डिलर र डिस्ट्रिव्युटर्स, आई सी.टी कलेज तथा ट्रेनिङ्ग ईन्स्टिच्युटस्, पेमेन्ट सोलुसन्स् र अन्य स्टलहरु रहने आयोजकले जानकारी दिएको छ ।

प्रदर्शनीहरुमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्पनीहरुको सहभागिता रहने भएकाले सर्वसाधारणहरुले सबै किसिमका जानकारी एकै स्थानबाट सजिलै प्राप्त हुने क्यान महासंघको दाबी छ ।

सुबिसुले प्रायोजन गर्ने क्यान कमटेक २०१७ मा जम्मा ८७ (सानो र ठूलो गरि) वटा स्टलहरु रहनेछन् । हाल सम्म ८० प्रतिशत स्टल निश्चित भईसकेका आयोजकले मंगलवार गरेको पत्रकार सम्मेलनमा जानकारी दियो ।

त्यस्तै सो संस्करणको प्रदर्शनीमा विशेष गरी ब्रोडब्याण्ड ईन्टरनेट र कम्युनिकेशन टेक्नोलोजीलाई जोड दिएको र सो अन्तर्गत ब्रोडब्याण्ड ईन्टरनेट सेवामा विशेष सहुलियतसहित उच्चगतिको इन्टरनेट प्रमुख आकर्षण रहने जानकारी दिईयो ।

सुविसु क्यान कमटेक २०१७ अवलोकनका लागि सर्वसाधारणहरुलाई प्रवेश शुल्क ५० रुपैयाँ र विद्यार्थीहरुलाई २५ रुपैयाँ तोकिएको जानकारी दिएको छ । प्रदर्शनी असोज १ गतेसम्म आयोजना गरिने क्यान महासंघले जनाएको छ ।

easy care

प्रकाशित: ६ भाद्र २०७४, मंगलवार