तिब्बत एअरलाईन्सको चेङदु काठमाडौं सिधा उडान शुरु

Technology Khabar २६ श्रावण २०७४, बिहीबार

तिब्बत एअरलाईन्सको चेङदु काठमाडौं सिधा उडान शुरु

काठमाडौं ।

काठमाडौं, २६ । तिब्बतको ल्हासा स्थित तिब्बत एअरलाईन्सले साउन २४ गतेदेखि चेङदुबाट काठमाडौंको लागी सिधा नियमित उडान सन्चालन गरेको छ ।

सो एअरलाईन्सको प्रारम्भिक उडान नम्बर TV 9899 चेङदु सुनाग्लीउ अन्तराष्ट्रिय विमानस्थ बाट स्थानिय समय अनुसार साँझ १८:१६ मा प्रस्थान गरी काठमाडौंको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा स्थानिय समय अनुसार साँझ १९:१५ मा अवतरण भएको थियो ।

शुरुमा साताका चार दिन, प्रत्येक सोमबार, मंगलबार, बिहिबार र शनिबार उडान गर्नेछ । तिब्बत एअरलाईन्सले यात्रुहरुको सुविधालाई ध्यानमा राख्दै ८ वटा विजनेश क्लास र १२० वटा इकोनोमी क्लास, जम्मा १२८ सिट भएको एअरबस ए-३१९ विमानबाट सेवा प्रदान गर्नेछ ।

तिब्बत एअरलाईन्सले नेपालमा यात्रुहरुको सिट आरक्षण गर्न र टिकट बेच्न तथा कार्गो ढुवानी गर्नको लागी हिमालय एअरलाईन्सलाई आफ्नो आधिकारिक बिक्रेता नियुक्त गरेको कम्पनीले जनाएको छ ।

easy care

प्रकाशित: २६ श्रावण २०७४, बिहीबार