एप्पल वर्ल्ड मोबाइलमा ‘स्मार्टफोन सट्टा–पट्टा’ मेला, हरेक सट्टा–पट्टामा गिफ्ट ह्याम्पर पक्का

Technology Khabar १८ श्रावण २०७४, बुधबार

एप्पल वर्ल्ड मोबाइलमा ‘स्मार्टफोन सट्टा–पट्टा’ मेला, हरेक सट्टा–पट्टामा गिफ्ट ह्याम्पर पक्का

काठमाडौं ।

काठमाडौं, १८ साउन । मोबाइल शोरुम एप्पल वल्र्ड मोबाइलले स्मार्टफोन सट्टा–पट्टा मेला बुधबारबाट सुरु गरेको छ ।

दरबारमार्गस्थित मर्कन्टायल प्लाजाको पहिलो तल्लामा रहेको एप्पल वल्र्डले कुनै पनि पुराना स्मार्टफोनसँग नयाँ स्मार्टफोन सट्टा–पट्टा गर्न सहज होस् भन्ने उद्देश्यले मेला गरेको जनाएको छ । मेलामा पुरानो फोनको उचित मूल्य लिएर सट्टापट्टा गर्न पाइने एप्पल वल्र्डका सेल्स म्यानेजर निराजन मल्ल ठकुरीले जानकारी दिए ।

मोबाइल एक्सचेन्ज, फेस टु फेस मोबाइल मर्मत, बिश्वबजारमा पाइने सबै मोबाइल उपलब्ध गराई टच एन्ड फिलको सुविधासहित आफ्नो कारोबार गरिरहेको एप्पल वल्र्ड मोबाइलले अन्यत्र भन्दा सस्तो मूल्यमा मोबाइलको कारोबार गरिरहेको दाबी गरेको छ ।

मेलामा नयाँ प्रविधिमार्फत फुटेको डिस्प्ले बनाउने, ६० मिनेटमै फेस टु फेस मोबाइल मर्मत गरिदिने तथा मोबाइल खरिदमा ४० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ ।

एप्पल वल्र्डमा सामसुङ, जियोनी, ओप्पो, लाभा, जेटटिइ , हुवावे, माइक्रोम्याक्स, पानासोनिक, ओबिआइ, वान प्लस थ्री, आइफोन, एलजी, एमआइ, मेजु, एचटिसी, युएमआइ, माइक्रोसफ्ट, लेनेभो, सोनी, कलर्स लगायतका मोबाइल ब्राण्ड उपलब्ध छन् भने अन्तर्राष्ट्रिय बजारमा पाइने मोबाइल एसोसरिज र ल्यापटपको समेत कारोबार कम्पनीले जानकारी दियो ।

सट्टा पट्टा मेला हरितालिका तीजसम्म चल्ने कम्पनीले जनाएको छ ।

easy care

प्रकाशित: १८ श्रावण २०७४, बुधबार