ह्वावेले ल्यायो वाइ ७ प्राइम स्मार्टफोन, ३ जीबी र्यामसहित ३२ जीबीको स्टोरेज

Technology Khabar ६ श्रावण २०७४, शुक्रबार

ह्वावेले ल्यायो वाइ ७ प्राइम स्मार्टफोन, ३ जीबी र्यामसहित ३२ जीबीको स्टोरेज

काठमाडौं, ६ साउन । ह्वावे टेक्नोलोजीजले नेपाली बजारमा नयाँ स्मार्टफोन वाई ७ प्राइम (Y7 Prime) सार्वजनिक गरेको छ । कम्पनीले सिमित बजारमा सार्वजनिक गरेको यो स्मार्टफोन नेपालमा आजदेखि उपलब्ध भएको घोषणा गरेको छ ।

यो स्मार्टफोनमा ५.५ इन्चको २.५डी कब्र्ड एचडी डिस्प्ले राखिएको छ भने मेटालिक बडिमा उपलब्ध छ ।

फोनमा क्वालकमको अक्टाकोर प्रोसेसर प्रयोग गरिएको छ भने यसमा ३ जीबीको र्याम तथा ३२ जीबीको आन्तरिक स्टोरेज राखिएको छ ।

ह्वावे वाई ७ प्राइममा ४,००० एमएएचको ब्याट्री प्याक राखिएको छ भने स्मार्ट पावर सेभिंग टेक्नोलोजी राखिएको छ ।

फोटोका लागि फोनमा १२ मेगापिक्सेलको रियर क्यामरा राखिएको छ भने ८ मेगापिक्सेलको फ्रन्ट क्यामरा रहेको छ ।

यसमा फिंगरप्रिन्ट सेन्सर, प्रोक्सिमिटी सेन्सर, एम्बिएन्ट लाइट सेन्सर, कम्पास, ग्राभिटी सेन्सर लगायतका सुविधाहरु रहेका छन् ।

एन्ड्रोयडको नूगट ७.० भर्सनमा आधारित ईएमयूआई ५.१मा संचालन हुने फोनको मूल्य बजारमा २४ हजार ९०० रुपैयाँ तोकिएको छ ।

फोन सार्वजनिक गर्दै ह्वावेका देशिय निर्देशक जोयसले आगामी दिनहरुमा नेपालीलाई ध्यानमा राखेर फोनहरु ल्याउने बताए ।

‘हामी मोबाइलमा लोकलाईजेसन गर्ने प्रयास गरिरहेका छौं, आगामी दिनहरुमा त्यस्ता स्मार्टफोनहरु आउनेछ,’ जोयसले भने ।

उनले नेपालमा ह्वावेको करिब १५ प्रतिशत बजार रहेको दाबी समेत गरे ।

कम्पनीले ह्वावे वाइ ७ प्राइम स्मार्टफोन किन्दा सेल्फी स्टिक निशुल्क उपहारमा दिने बजार व्यवस्थापक समित प्रधानाङले जानकारी दिए ।

प्रकाशित: ६ श्रावण २०७४, शुक्रबार

Comments are closed.

Loading...