प्राथमिक उपचार अब स्मार्टफोन हेरेरै गर्न सकिने, यस्ता जानकारी पार्इन्छन

Technology Khabar ५ श्रावण २०७४, बिहीबार

प्राथमिक उपचार अब स्मार्टफोन हेरेरै गर्न सकिने, यस्ता जानकारी पार्इन्छन

काठमाडौं ।

काठमाडौँ, ५ साउन । प्राथमिक उपचारका बारेमा कुनैपनि जानकारी चाहिएमा अब मोबाइल एपबाटै जानकारी लिन सकिने भएको छ।

नेपाल रेडक्रस सोसाइटीले प्राथमिक उपचारसम्बन्धि जानकारी दिनका लागि प्राथमिक उपचार (prathamik upachar nepal red cross) मोवाइल एप्लिकेशन सार्वजनिक गरेको छ ।

सो एप आज हास्य कलाकार एवं समाजसेवी मदन कृष्ण श्रेष्ठ तथा हरिवंश आचार्यको प्रमुख आतिथ्यतामा सार्वजनिक गरिएको हो ।

“घर–घरमा प्राथमिक उपचारक” भन्ने महाअभियानलाई साकार पार्न तथा प्राथमिक उपचारको ज्ञान सीपलाई विश्वभर रहेका नेपाली भाषीहरूको घर–घरमा पुर्याउने उद्देश्यले अमेरिकन रेडक्रसको सहकार्यमा नेपाली भाषामा एप्लिकेशन तयार गरिएको हो ।

‘समय अनुसार प्रविधिको माध्यमबाट प्राथमिक उपचारका विषयमा जानकारी प्रस्तुत गरेर मानवीय क्षति कम गराउन गरेको कार्य प्रशंसनीय छ,’ आफ्नो फेसवुक पेजमार्फत् एप्लिकेशन सेयर गरेर शुरु गर्दै हास्य कलाकार एवं समाजसेवी श्रेष्ठले भने ।

कार्यक्रममा हास्य कलाकार एवं समाजसेवी आचार्यले मानवीय सेवा क्षेत्रमा रेडक्रसले उदाहरणीय कार्य गरिरहेको बताए । अहिले प्राथमिक उपचार जस्तो विषयलाई मोबाइलमार्फत् सबैको साथमा पुर्याउनाले विपद्मा परेका मानिसले धेरै छटपटाउनु नपर्ने भएको उनले बताए ।

जहाँ घटना हुन्छ त्यहाँ तत्कालै प्राथमिक उपचार सेवा पुर्याउन सकिने मोबाइल एप्स बन्नु अत्यन्तै खुशीको कुरा भएको नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष सञ्जीव थापाले बताए ।

यो एप्लिकेशनलाई पाँच क्षेत्रमा विभाजन गरिएको छ ।

पहिलो क्षेत्र सिक्नुहोसः

एलर्जी/एनाफिलाक्सिस् सक्, दमको असर, रक्तस्राव, हाँड भाँचिएको, पोलाइ, मधुमेहको समस्या, अड्कनु, डिस्ट्रेस/तनाव, हृदघात, गर्मीको थकान, टाउकाको चोट, कठयाङ्गग्रिनु/हाइपोथर्मिया, विष तथा हानिकारक पर्दाथ, कम्पन/छारेरोग, क्षोभ, मेनिन्जाइटिस, मनावैज्ञानिक प्राथमिक उपचार, डसेको टोकेको घाउ, मर्कनु/खुस्कनु, मस्तिष्सघात/स्ट्रोक बेहोस तथा सास फेरिरहेको र बहोस तर सास नफेरिरहेको २२ वटा विषयहरू रहेको छ ।

दोस्रो क्षेत्रः तयारीगर्ने

विपद्को बेला आकस्मिक तयारी अन्त्तर्गत रासायनिक संकट, सुख्खापन, भूकम्प, आपतकालिन बाकस, दैनिक संकट, आगलागि, बाढी, फलु माहामारी, खाध्य सुरक्षा, तातो हावा, सामुन्द्रिक आँधी/तुफान, पहिरो, विधुतीयअबरोध, घरपालुवा तयारी, आँधी, सुनामी, ज्वालामुखी, जल सुरक्षा, डढेलो, जाडो मौसम (गम्भीर) गरी २० वटा विषयहरू रहेको छ ।

तेस्रो क्षेत्र तत्काल: आपत्कालिन प्राथमिक उपचार

एलर्जी एनाफिलाक्सिस् सक्, दमको असर, रक्तस्राव जस्ता २२ वटाहरू रहेको छ ।

चौथो क्षेत्रमा: परिक्षाहरू

रहेको छ जसमा रक्तस्राव, हृदयघात, पोलाइ, अड्कनु, बेहोस तर सास फेरिरहेको, विपद्को तयारी गर्ने सम्बन्धी विषयमा स्वयममूल्याङ्कनगरिने विषयहरू रहेको छ ।

पाँचौ अधिकः क्षेत्र रहेको छ जसमा विदेशमा भएको बेला आकस्मिक अवस्था पस्यो भने के गर्ने, नेपाल रेडक्रस बारेमा, नेपाल रेडक्रसलाई डानेसन तथा चन्दा दिन, प्राथमिक उपचार प्रशिक्षणबारे, रक्तदानबारे, सफलता तथा अनुभवहरूको कथा सुनाउने, स्वयम सेवा बारेमा, एप्लिकेशनलाई आदान प्रदान गर्ने र नेपाल रेडक्रसको वेभ साइडमा सम्पर्क गर्ने विषयहरु समाबेश गरिएको छ ।

यो एप्लिकेशन एन्ड्रोयड स्मार्टफोन र आईओएस दूबै प्लेटफर्ममा उपलब्ध भएको रेडक्रसले जानकारी दिएको छ ।

एप्लिकेसनको बारेमा

एकपटक डाउनलोड् गरेपछि विना इन्टरनेट पढ्न, भिडियोहरू हेर्ने र सुन्न सकिने बताईएको छ । प्रत्येक विषयहरू अध्ययन गरेर, भिडियो किल्पहरू हेरेर, प्राथमिक उपचारका ज्ञान, सीपहरू लिन तथा तत्काल प्राथमिक उपचार सेवा प्रदान गर्न सकिनेछ । यो एप्लिकेशन ४८.५५ एमबीको छ ।

यो एप प्ले स्टोरबाट डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।

Global Bank
easy care

प्रकाशित: ५ श्रावण २०७४, बिहीबार

ताजा समाचार