यस्तो छ ब्याट्री नै नभएको मोबाइल फोन, मोबाइल फोन चार्ज गर्ने झन्झट हट्यो

Technology Khabar २५ असार २०७४, आईतवार

यस्तो छ ब्याट्री नै नभएको मोबाइल फोन, मोबाइल फोन चार्ज गर्ने झन्झट हट्यो

काठमाडौं ।

काठमाडौं, २५ असार । मोबाइल फोन प्रयोगकर्ताहरुलाई समय समयमा ब्याट्री सकिने र पटक पटक चार्ज गर्नुपर्ने कार्य निकै झन्झटिलो हुन्छ । अझ अत्यावश्यक काम परेको बेलामा मोबाइलमा ब्याट्री नहुँदा झनै समस्या हुने गर्दछ ।

तर अब भने त्यस्तो समस्याबाट मुक्ति मिल्ने भएको छ । वैज्ञानिकहरुले अब ब्याट्री प्रयोग नगरिकन नै चलाउन सकिने मोबाइलको आविश्कार गरेका छन् । हो स्मार्टफोन प्रयोगकर्ताको समस्यालाई ध्यानमा राखेर वैज्ञानिकहरुले चार्ज गर्न नपर्ने र ब्याट्रीको प्रयोग नै नहुने मोबाइल फोन निर्माण गरेका हुन् ।

अमेरिकाको यूनिभर्सिटी अफ वाशिंगटनका वैज्ञानिकहरुको समूहले ब्याट्री बिनाको मोबाइल फोन आविश्कार गरेका हुन् । यो फोनले ब्याट्रीको साटो छेउछाउमा रहेको रेडियो सिग्नसबाट ईनर्जि लिनुका साथै सोलार उर्जाबाट चार्ज हुन्छ ।

अनुसन्धानकर्ताहरुकाअनुसार यो फोनले कुराकानीको समयमा स्पीकरद्धारा निस्कने आवाजको झन्कारबाट पनि उर्जा लिन्छ । यो ब्याट्री नभएको फोनबाट स्काइप कल पनि गर्न सकिन्छ । यो फोनको प्रोटोटाइप अर्थात नमुना मात्र तयार पारिएको छ र यसले कुराकानी गर्न सफलता हासिल भएको छ ।

अनुसन्धानकर्ताहरुले यस्तो किसिमको फोनले कामगर्नका लागि यसको लागि पर्यावरणद्धारा उर्जा हासिल गर्नुपर्ने बताएका छन् ।

easy care

प्रकाशित: २५ असार २०७४, आईतवार

ताजा समाचार