रन सुजको नयाँ मोडलका कलेज शुज बजारमा

Technology Khabar २२ असार २०७४, बिहीबार

रन सुजको नयाँ मोडलका कलेज शुज बजारमा

काठमाडौं ।

काठमाडौं, २२ असार । रन सुज इण्डष्टिजले नयाँ मोडलका कलेज शुज बजारमा ल्याएको छ । नयाँ मोडलका कलेज शुजहरुमा ९ मोडेल रहेका छन ।

विभिन्न डिजाइनमा बनेका कलेज शुज भिन्न हाइट र भिन्न च्वाइस भएका विद्यार्थिहरुलाई मन पर्ने डिजाइनमा बनाइएको रन शुजका प्रवन्ध निर्देशक रुद्र न्यौपानेले जानकारी दिए ।

‘कलेज शुजका नयाँ मोडलहरु एग सोल प्रयोग गरिएकोले हलुका र आरामदायिक छन्, उच्चस्तरिए मेटेरीएल्स प्रयोग गरिएको कलेज शुज स्वास्थ्यवद्र्धक रहेका र अत्यन्त सुलभ मुल्यमा कलेज शुजहरु उपलब्ध छन्,’ न्यौपानेले भने ।

रन ब्राण्डका यी जुत्ताहरु विभिन्न उमेर समुहका व्यक्तिहरुलाई मध्य नजर गरि तयार गरिएको हुँदा बजारमा सजीलै बिक्रि हुने कम्पनीको दाबी छ ।

रनको जुत्ताहरुमा ६ महिनाको वारेन्टी समेत प्रदान गरिदैं आएको छ । उद्योगले हाल ६ सय ९५ भन्दा धेरै मोडलका पार्टी शुज, स्पोर्टस् शुज, क्याजुअल शुज, स्कुल/कलेज शुज, लेडिज तथा जेन्स चप्पल उत्पादन गर्दै आएको छ ।

रन ब्राण्डका जुत्ता तथा चप्पल मुलुकको ७५ वटै जिल्लाहरुमा बिक्रि वितरण हुँदै आएको छ । रन शुजको उपत्यका बाहिर पोखरा, बुटवल, बाग्लुङ्ग, धनगढी, नेपालगञ्ज, विराटनगर लगायतका स्थानहरुमा ६ वटा र उपत्यका भित्र ५वटा आधिकारिक शोरुम रहेको जनाएको छ ।

Global Bank
easy care

प्रकाशित: २२ असार २०७४, बिहीबार