कुलप्याडको ‘कुल १’ स्मार्टफोन किन्दा जेबिएलको हेडफोन नि:शुल्क पाईने

Technology Khabar १९ असार २०७४, सोमबार

कुलप्याडको ‘कुल १’ स्मार्टफोन किन्दा जेबिएलको हेडफोन नि:शुल्क पाईने

काठमाडौं ।

काठमाडौं, १९ असार । कुलप्याड स्मार्टफोन नेपालको नयाँ योजना, कुल वान (Cool 1) स्मार्टफोन खरिदमा जेबिएलको हेडफोन पाईने
कुलप्याड स्मार्टफोन नेपालले आफना ग्राहकहरु समक्ष ‘कुल वान: ग्रुभ विथ दि कुल वान ‘COOL1 :GROOVE WITH THE COOL ONE’ नामक योजना हालै बजारमा ल्याएको छ ।

यस योजना अन्तर्गत प्रत्येक कुलप्याड कुल वान स्मार्टफोनको खरिदमा ग्राहकहरुले जेबिएल इन ईयर हेडफोन नि:शुल्क प्राप्त गर्न सक्नेछन् ।

यो योजना नेपालभर आधिकारिक कुलप्याड काउण्टरमा मात्र लागु हुने नेपालका लागि कुलप्याडको आधिकारिक बिक्रेता जयमाँ इन्टरकन्टिनेन्टलले जनाएको छ ।

कुलप्याड ब्राण्डमा नेपालमा भित्रिएको कुल १ मोबाइल यो बर्षको प्रमुख मोडेल भएको कम्पनीको भनाई छ । यो मोडलमा १३ मेगापिक्सेल तथा १३ मेगापिक्सेलको ड्यूल रियर क्यामराको साथसाथे ड्यूल टेम्पेरेच एलईडी फ्ल्याश पनि राखिएको छ ।

डूयल रियर क्यामराले विस्तृत तस्विरहरु लिने मात्रै नभई फोर के अल्ट्रा एचडी भिडियो रेकर्डिङ पनि गर्न सकिनेछ । फोनमा क्वाड कोर स्न्यापड्रागन ६५२ प्रोसेसरका साथमा ४ जीबीको र्याम तथा ३२ जीबीको आन्तरिक स्टोरेज रहेको छ ।

कोर्निंग गोरिल्ला ग्लासद्धारा सुरक्षित स्क्रीन भएको सो स्मार्टफोनमा ४०६० एमएएचको ब्याट्री राखिएको छ । फोनमा यूएसबी टाइप सी जडित छ जुन अत्याधिक द्रुत गतिमा चार्ज हुन र डाटा ट्रान्सफर गर्न सक्षम रहेको कम्पनीद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।

easy care

प्रकाशित: १९ असार २०७४, सोमबार