स्मार्टफोनमा भएको फेसबुक एपले नजिकको वाईफाईको जानकारी दिने

Technology Khabar १८ असार २०७४, आईतवार

स्मार्टफोनमा भएको फेसबुक एपले नजिकको वाईफाईको जानकारी दिने
Classic Tech
Nepal Telecom

काठमाडौं, १८ असार । विश्वको सबैभन्दा ठूलो सोसल नेटवर्किंग साइट फेसबुकले अब प्रयोगकर्तालाई ‘फाइण्ड वाईफाई’ फीचरको सुविधा उपलब्ध गराएको छ ।

कम्पनीले गत वर्ष यो फीचरको परिक्षण शुरु गरेको थियो । तर त्यसबेला केहि सिमित देशहरुमा मात्र आईओएस प्रयोगकर्ताहरुका लागि फेसबुकले यो सुविधा उपलब्ध गराएको थियो ।

तर अब भने विश्वका दुई अर्बभन्दा बढि आईओएस तथा एन्ड्रोयड यूजर्सलाई उपलब्ध गराएको हो ।

फेसबुकका इन्जिनियरिङ डाइरेक्टर एलेक्स हिमेलले नयाँ फीचर फाइण्ड वाईफाई पुरै विश्वमा आईओएस र एन्ड्रोयड प्रयोगकर्तालाई दिने बताए ।

यो नयाँ फीचर पहिलो पटक तपाईँको एपमा आएपछि तपाईँले यसभित्र थप ट्याब उपलब्ध हुनेछ ।जसमा वाईफाई सेलेक्ट गर्नुपर्ने हुन्छ । त्यसपछि तपाईँले यसलाई टन अन गर्नुपर्ने हुन्छ, जून पहिलो पटक मात्र देखिनेछ । यसपछि भने तपाईँलाई आफु नजिकका सार्वजनिक वाईफाई हटस्पटहरुको म्याप देखिनेछन् ।

सो लिस्टमा तपाईँले वाईफाईको नामसहित त्यसको बारेमा सम्पूर्ण विवरण हेर्नसक्नुहुनेछ ।

यो नयाँ फीचर विशेषगरि यात्रा गरिरहने मानिसहरुका लागि उपयुक्त हुनेछ । र मोबाइलका डाटा नेटवर्क कमजोर भएको बेलामा यसको प्रयोग गर्न सकिनेछ ।
माध्यम

TK Viber

प्रकाशित: १८ असार २०७४, आईतवार

Loading...