बाग्लुङको तमान खोलामा टेलिकमको मोबाइल सेवा सञ्चालन

Technology Khabar ११ असार २०७४, आईतवार

बाग्लुङको तमान खोलामा टेलिकमको मोबाइल सेवा सञ्चालन

काठमाडौं ।

काठमाडौं, ११ असार । नेपाल टेलिकमले बाग्लुङ जिल्लाको उत्तर पश्चिम भेगको बिकट स्थान तमान खोलामा विटिएस स्थापना गरी असार ९ गते देखि जिएसएम मोवाइल सेवा सञ्चालनमा ल्याएको छ ।

सो स्थानमा यस अघि कुनै पनि किसिमको दूरसञ्चार सेवा पुगेको थिएन ।

तमानखोला गाउँपालिका वडा नं. ३ तमानखोलामा स्थापित विटिएसबाट तमानखोला गाउँपालिकाको वडा नं. ३ र ४ का करिव छ सय घरधुरीका बासिन्दा र खुङखानीको वडा नं. ६ का वासिन्दालगायत सो क्षेत्रका अन्य वासिन्दालाई मोवाइल फोन मार्फत अन्य क्षेत्र तथा विश्व समुदायसँग सम्पर्क स्थापित गर्न सहज भएको टेलिकमले जनाएको छ ।

तमान खोला बाग्लुङ जिल्ला सदरमुकामबाट ११६ किलोमिटर सडक मार्गको यात्रा पश्चात करिव डेढ घण्टाको पैदल मार्गको दुरीमा रहेको छ । उक्त स्थान छिमेकी जिल्ला म्याग्दीको सिमानासंँग जोडिएको छ ।

दुर्गम तथा अति विकट क्षेत्रका ग्रामीण तहसम्म दूरसञ्चार सेवाको पहुँच विस्तार गर्ने नेपाल सरकारको नीति अनुसार कम्पनीले सो क्षेत्रमा सेवा विस्तार गरेको जनाएको छ ।

Global Bank
easy care

प्रकाशित: ११ असार २०७४, आईतवार

ताजा समाचार