जेटटिइ ब्लेड ए२ प्लस स्मार्टफोन बजारमा, ४ जीबी र्याम र ५ हजार एमएएचको व्याट्री

Technology Khabar ८ असार २०७४, बिहीबार

जेटटिइ ब्लेड ए२ प्लस स्मार्टफोन बजारमा, ४ जीबी र्याम र ५ हजार एमएएचको व्याट्री
Classic Tech

काठमाडौं, ८ असार । नेपालका लागि जेटिइ मोबाइल ब्रान्डको अधिकृत विक्रेता इभोलुशन इन्टरप्राइजेज प्रा.लि.ले जेडटिइ ब्लेड ए२ प्लस (ZTE Blade A2 Plus) स्मार्टफोन बजारमा उपलब्ध गराएको छ ।

उच्चतम मेमोरी र उत्कृष्ट ब्याट्री ब्याकअप चाहनेको लागि जेडटिइ ब्लेड ए २ प्लस लक्षित गरिएको छ ।

यसमा ४ जिबी र्यामको प्रयोग गरिएकाले फोन द्रुत गतिमा चल्नुका साथै ठूलो गेम खेल्न, वेब ब्राउजिङ गर्न तथा मल्टि टास्किङका लागि उपयुक्त रहेको कम्पनीको भनाई छ । ३२ जिबीको इन्र्टनल स्टोरेजलाई १२८ जिबीसम्मको एसडीकार्ड प्रयोग गरेर बढाउन सकिने सुविधा रहेको छ । स्मार्टफोनमा १.५ गिगाहर्जको अक्टा–कोर मिडियाटेक एमटि ६७५० टि प्रोसेसर प्रयोग गरिएको छ ।

यसैगरी, ब्लेड ए२ प्लसको अर्को शक्तिशाली फिचर भनेको यसमा प्रयोग भएको ५००० एमएएचको नन रिमुभेबल ब्याट्री हो । ठूलो क्षमताको ब्याट्री ब्याकअप चाहनेका लागि यो स्मार्टफोन उत्कृष्ट रोजाइ हो । यसमा ओटिजी रिभर्स चार्जिङ प्रविधि पनि प्रयोग गरिएको छ, जसले चाडै व्याट्री चार्ज हुनेछ ।

ब्लेड ए२ प्लसमा ५.५ इन्चको एचडी डिस्प्ले रहेको छ जसको पिक्चर रिजोल्यूशन १०८०×१९२० तथा ४०१ पिक्सेल डेन्सिटी रहेको छ ।

फोनमा १३ मेगापिक्सलको रियर पिडिएपएफ क्यामेरा र सेल्फीका लागि ८ मेगापिक्सेलको क्यामेरा प्रयोग गरिएको छ । क्यामेरामा ०.३ फेज–डिटेक्सन अटो–फ्ल्यास, ०.३ सेकेन्डमा एकुरेट फोकसिङ, तथा पानोरोमा सेल्फीजस्ता फिचरहरु रहेका छन भने फ्रन्टमा क्यामराका लागि स्क्रिन फ्ल्यास प्रयोग गरिएको कम्पनीको भनाई छ ।

स्क्रिन फ्ल्यासबाट रातिको समयमा नेचुरल फोटो खिच्नको लागि स्मार्टफोनको पूरै स्क्रिनबाट फ्ल्यास आउँदछ ।

स्मार्टफोनका अन्य फिचरहरु डुअल सिम सपोर्ट (थ्रिजी/फोरजी), एक्सेलेरोमिटर सेन्सर, प्रोक्सिमिटी सेन्सर, कम्पास, हल सेन्सर, एफएम रेडियोलगायतका फिचरहरु रहेका छन् ।

यसको मुल्य २३ हजार ९ सय रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।

प्रकाशित: ८ असार २०७४, बिहीबार

Comments are closed.

Loading...