पिसाव फेर्नुस् र आफ्नो स्मार्टफोन मज्जाले चार्ज गर्नुस्

Technology Khabar ६ असार २०७४, मंगलवार

पिसाव फेर्नुस् र आफ्नो स्मार्टफोन मज्जाले चार्ज गर्नुस्
Classic Tech
Nepal Telecom

काठमाडौं, ६ असार । मोबाइल चार्ज गर्न हरेक मोबाइल प्रयोगकर्ताहरुका लागि झन्झटको विषय हो । मोबाइल फोनको ब्याट्रीको क्षमता वृद्धि गर्न र यसलाई सजिलो तरिकाले चार्ज गर्नका लागि अनुसन्धानकर्ताहरुले विभिन्न अनुसन्धान गरिरहेका छन् ।

यहि समयमा पिसाबबाट नै तपाईँको स्मार्टफोन चार्ज हुने भएको छ ।

हो सुन्दा पनि अनौठो लाग्ने विषय, सायद तपाईँलाई विश्वास पनि नहुन सक्दछ, तर पिसावबाट अब तपाईँको स्मार्टफोन चार्ज गर्न सकिने भएको छ । निकै कठिन प्रयासमा ब्रिटेनका वैज्ञानिकहरुले पिसावलाई विद्युतको करेन्टमा परिवर्तन गर्न लागेका छन् ।

ब्रिटेनका ब्रिस्टल रोबोटिक्स ल्याबरोटरीका वैज्ञानिकहरु यो प्रोजेक्टमा काम गरिरहेका छन् ।

यो प्रयोग मार्फत पहिले वैज्ञानिकहरुले इलेक्ट्रो एक्टिभ सूक्ष्मजीवहरुबाट कयौं सिलिण्डरहरु भरे । यी यस्ता सूक्ष्म जीव थिए जो खराब वा फोहोर पानी तथा पिसाबमा विकास हुन्छन् ।

यसपछि यी सूक्ष्मजीवहरुद्धारा इलेक्ट्रोनका निर्माण हुन्छ जून बिद्युत उत्पादनमा प्रयोग गर्न सकिन्छ ।

दुई लीटर पिसाबबाट ३०/४० मिलीवाट विद्युत उत्पादन गर्न सकिने बताईएको छ।

र यो बिद्युतको प्रयोग फेरी फोन रिचार्ज गर्न वा उज्यालो उत्पन्न गर्नका लागि प्रयोग गर्न सकिन्छ ।

यो प्रविधिमा केबल आधा लीटर पिसाबले करिब ६ घण्टासम्म चार्ज टाइम दिन्छ जसले करिब ३ घण्टासम्म तपाईँको स्मार्टफोनलाई चार्ज गर्न सक्दछ ।

भिडियोमा हेर्नुस यो अनुसन्धानको बारेमा

माध्यम

TK Viber

प्रकाशित: ६ असार २०७४, मंगलवार

Comments are closed.

Loading...