वान प्लस ५ मा ८० मेगापिक्सेलको क्यामरा ! ६ जीबी र ८ जीबी र्याम भर्सनमा

Technology Khabar ५ असार २०७४, सोमबार

वान प्लस ५ मा ८० मेगापिक्सेलको क्यामरा ! ६ जीबी र ८ जीबी र्याम भर्सनमा
फोटोः बीजीअार डटइन

काठमाडौं ।

काठमाडौं, ५ असार । वान प्लस कम्पनीले आफ्नो नयाँ फ्ल्यागशिप स्मार्टफोन वान प्लस ५ (One Plus) केहि दिनभित्रै सार्वजनिक गर्दैछ । कम्पनीले सार्वजनिक गर्न लागेको यो स्मार्टफोनको बारेमा विभिन्न जानकारीहरु आउने क्रममा छ ।

कम्पनीले यहि २१ जूनमा विश्व बजारमा सार्वजनिक गर्ने यो स्मार्टफोन विश्वभरमा प्रतिक्षाको विषय बनेको छ । यो स्मार्टफोनमा कस्ता फिचरहरु हुनेछन भनेर विभिन्न जानकारीहरु आउने क्रममा रहेको छ ।

यो स्मार्टफोनको बारेमा विश्वभर विभिन्न जानकारी आउने क्रममा यसमा क्वालकम स्न्यापड्रागन ८३५ चीपसेट राखिने कम्पनीसँग आबद्ध वान प्लस कम्पनी अाबद्ध स्रोतले जानकारी दिएको छ ।

र्याम तथा स्टोरेज

कम्पनीस्रोतका अनुसार यो स्मार्टफोनमा ६ जीबी र ८ जीबी र्याम राखिनेछ । जसमध्ये ६ जीबी र्याम भएकोमा ६४ जीबी स्टोरेज हुनेछ भने ८ जीबी र्याम भएको वान प्लस ५ मा १२८ जीबीको स्टोरेज हुनेछ ।

त्यसैगरि वान प्लसले नयाँ फ्ल्यागशिप स्मार्टफोन गन मेटल र ब्ल्याक कलर अप्सनमा सार्वजनिक गर्नेछ भने यसको लिमिटेड भर्सनमा ब्ल्यू र रेड कलर अप्सन हुने स्रोतको दाबी छ ।

फोटोः गूगलक्यामरा

वान प्लस ५ मा कम्पनीले क्यामरालाई धेरै महत्व दिएको छ । कम्पनीले सार्वजनिक गर्ने वान प्लस ५ मा यसको रियर क्यामरा ८० मेगापिक्सेलको बराबर क्षमताको हुने कम्पनी स्रोतको दाबी छ । तर यसको आधिकारिकता भने पुष्टि हुन सकेन् ।

‘यो फोन सार्वजनिक हुँदा यसको रियर क्यामरा ८० मेगापिक्सेल इक्यूभ्यालेन्ट हुने भनेर आउनेछ,’ कम्पनी आबद्ध स्रोतले मोबाइल्सखबरसँग भन्यो । तर अन्य सार्वजनिक भएका जानकारी अनुसार भने यसमा २० मेगापिक्सेल र १६ मेगापिक्सेलको ड्यूल क्यामरा हुने बताइएको छ ।

त्यसैगरि नेपाली बजारमा पनि वान प्लसको नयाँ फ्ल्यागशिप स्मार्टफोन आउने भएको छ । कम्पनीको योजनाअनुसार विश्व बजारमा सार्वजनिक भएको ३ सातापछि नेपाली बजारमा उपलब्ध हुनेछ । अर्थात यो स्मार्टफोन नेपाली बजारमा असारको अन्तिम अर्थात जूलाई १५ तारिखसम्म आउनेछ ।

मूल्य

नेपाली बजारमा वान प्लस ५ आएपछि हुने मूल्यको बारेमा पनि मोबाइल्सखरलाई स्रोतले जानकारी दिएको छ ।

वान प्लसको ६ जीबी र्याम ६४ जीबी स्टोरेजको मूल्य करिब ६० हजार नेपाली रुपैयाँ तोकिने छ भने ८ जीबी र्याम तथा १२८ जीबी भएको वान प्लस स्मार्टफोनको मूल्य ६६ हजारदेखि ७० हजार रुपैयाँको बीचमा तोकिने स्रोतले जानकारी दिएको छ ।

‘कम्पनीले नेपाली बजारमा वान प्लस ५ को एग्रेसीभ एण्ड कम्पेटिभ मार्केटिंग गर्नेछ,’ स्रोतले भन्यो ।

यो स्मार्टफोनको ब्याट्री क्यापासिटिको बारेमा भने कुनै जानकारी छैन् ।

Global Bank
easy care

प्रकाशित: ५ असार २०७४, सोमबार

ताजा समाचार