जाबोमीको ‘एमआई ६’ नेपाली बजारमा आउँदै, ६ जीबी र्याम र डयूल रियर क्यामरा

Technology Khabar ४ असार २०७४, आईतवार

जाबोमीको ‘एमआई ६’ नेपाली बजारमा आउँदै, ६ जीबी र्याम र डयूल रियर क्यामरा
Classic Tech

काठमाडौं, ४ असार । चिनियाँ स्मार्टफोन निर्माता कम्पनी जावोमीले (Xiaomi) हालै सार्वजनिक गरेको फ्ल्यागशिप स्मार्टफोन एमआई सिक्स (Mi6) नेपाली बजारमा ल्याउने तयारी गरेको छ । कम्पनीले विश्व बजारमा एमआई ५ को सफलतापछि नयाँ फ्ल्यागशिप एमआइ ६ बजारमा ल्याएको थियो ।

नेपालमा जावोमीका आधिकारिक बितरक वत्सल इम्पेक्सले छिटै यो फोन नेपाली बजारमा सार्वजनिक गर्ने तयारी गरेको कम्पनीसँग नजिक रहेको स्रोतले जानकारी दिएको छ ।

कम्पनीले ल्याउन लागेको नयाँ स्मार्टफोन एमआई ६ मा ६ जीबीको र्याम छ भने ६४ जीबीको आन्तरिक स्टोरेज रहेको छ, जसमध्ये प्रयोगकर्ताहरुका लागि ५४ जीबी उपलब्ध हुनेछ ।

एमआइ सिक्स स्मार्टफोनमा क्वालकमको २.४५ गीगाहर्जको अक्टाकोर स्न्यापड्रागन ८३५ सीपीयू राखिएको छ ।

एन्ड्रोयड नूगट ७.१.१ भर्सनमा आधारित एमआईयूआई ८.२ भर्सनमा यो स्मार्टफोन अपरेट हुन्छ ।

ड्यूल रियर क्यामरा राखिएको यो स्मार्टफोनमा १२ मेगापिक्सेलको रियर क्यामरा तथा ८ मेगापिक्सेलको सेल्फी क्यामरा हुनेछ ।

यसको रियर क्यामराको छेउमा भने ड्यूल एलईडी फ्ल्याश लाईट राखिएको छ ।

यसमा ५.१५ इन्चको फूलएचडी डिस्प्ले राखिएको यो स्मार्टफोनमा फिंगरप्रिन्ट पनि रहेको छ । फोनमा नन रिमूभेवल ३३५० एमएएचको ब्याट्री राखिएको छ । कम्पनीले नेपाली बजारमा यसको मूल्य भने अहिलेसम्म तय नभएको स्राेतले जानकारी दियो।

प्रकाशित: ४ असार २०७४, आईतवार

Comments are closed.

Loading...