ओप्पो एफथ्री अब ‘ब्ल्याक’ भर्सनमा, सेल्फीका लागि डुअल फ्रण्ट क्यामेरा

Technology Khabar २८ जेष्ठ २०७४, आईतवार

ओप्पो एफथ्री अब ‘ब्ल्याक’ भर्सनमा, सेल्फीका लागि डुअल फ्रण्ट क्यामेरा

काठमाडौं ।

काठमाडौं, २८ जेठ । क्यामेरा फोन ब्राण्ड ओप्पोले कालो रङ्मा एफथ्रीको नयाँ भर्सन सार्वजनिक गरेको छ । कम्पनीले केही समय अगाडी ओप्पो एफथ्री प्लस पछि सार्वजनिक गरेको एफथ्री गोल्ड भर्सन, डुअल फ्रण्ट क्यामेरासहित ग्रुप सेल्फी पुस्ता लक्षित दोस्रो स्मार्टफोन हो ।

ओप्पो एफथ्रीमा डुअल फ्रण्ट क्यामेरा उपलब्ध छ । एकल सेल्फीका लागि फोनमा १६ मेगा पिक्सेल र ग्रुप सेल्फीका लागि वाइड एङ्गल लेन्स सहितको क्यामेरा जडान गरिएको छ ।

कम्पनीका अनुसार एफथ्रीको ब्ल्याक भर्सन नेपाली बजारमा जेठ २७ देखि प्रमुख मोबाइल विक्रि केन्द्रहरु मार्फत सर्वत्र उपलब्ध छ ।

मध्यम वर्गिय बजार लक्षित कालो रङमा सार्वजनिक गरिएको एफथ्री ब्ल्याक भर्सनको मूल्य ३२ हजार ९ सय ९० रुपैयाँ निर्धारण गरिएको कम्पनीले जनाएको छ ।‘नेपाल प्रवेश गर्दा देखिनै हाम्रा उपभोक्ता, तिनमा पनि विशेषगरी यूवा पुस्ताले फोनमा रङ्को विकल्प माग गर्दै आइरहेका थिए । कालो रङ्ले स्टाइल र आत्मविश्वासको समेत प्रतिनिधित्व गर्छ,’ओप्पो एफथ्रीको ब्ल्याक भर्सन सार्वजनिक गर्दै ओप्पो नेपालका प्रमुख कार्यकारी अधिकृत जोनी जीले भने ।

डुअल सेल्फी क्यामेराका साथै, ओप्पो एफथ्रीमा १३ मेगा पिक्सेल क्षमताको रियर क्यामेरा उपलब्ध छ । यसमा पीडीएएफ प्रविधिका साथै १.३ ईञ्च सेन्सरपनि जडान गरिएको छ । एफथ्रीमा ४ जीबी र्याम र ६४ जीबीको आन्तरिक स्टोरेजसहितको कलर ओएस ३.० (सञ्चालन प्रणाली) र अक्टाकोर प्रोसेसर छ ।

फोनमा जडान गरिएको ट्रिपल स्लट कार्ड ट्रेमा दूईवटा नानो सिम र माइक्रो एसडी कार्ड एकसाथ प्रयोग गर्न सकिन्छ ।

यसमा ३ हजार २ सय एमएएच क्षमताको ब्याट्री जडान गरिएको छ । कम्पनीले वास्तविक प्रयोगद्वारा फोनमा रहेको ब्याट्रीको परिक्षण गरिँदा फोनले निरन्तर १५ घण्टा काम गरेको जानकारी दिइएको छ ।

नेपालमा पनि क्रिकेट प्रति कम्पनीको मायाँ दर्साउने सोचका साथ कम्पनीले खेलसँग सम्बन्धित नयाँ टीभीसी पनि सार्वजनिक गरेको छ ।

टीभीसी लिङ्क- https://youtu.be/nGIo8bjuwzU

easy care

प्रकाशित: २८ जेष्ठ २०७४, आईतवार