Technology Khabar २८ जेष्ठ २०७४, आईतवार
काठमाडौं ।
काठमाडौं, २८ जेठ । चिनियाँ स्मार्टफोन उत्पादक कम्पनी जाओमीले नेपाली बजारमा नयाँ हेडफोन भित्र्याएको छ । नेपालमा जाओमीको लागि आधिकारिक बितरक वत्सल इम्पेक्सले एमआई हेडफोन कम्फोर्ट सार्वजनिक गरेको हो ।
कम्पनीले ल्याएको हेडफोनमा उच्चस्तरको आरामदायीपना, आकर्षक डिजाइन, ईयर कप कन्ट्रोल लगायतका विशेषताहरु रहेका छन् ।
नेपाली बजारमा ब्राण्डेड हेडफोनको किन्न चाहनेहरुका लागि उपयुक्त हुनेगरि कम्पनीले नयाँ हेडफोन ल्याएको हो ।
कम्पनीले नेपाली बजारमा यो हेडफोनको मूल्य ६ हजार ९९९ रुपैयाँ तोकेको छ । एमआइ हेडफोन कम्फोर्ट एमआइका शोरुमहरुसहित आधिकरिक स्टोरबाट किन्न सकिने कम्पनीले जनाएको छ ।
प्रकाशित: २८ जेष्ठ २०७४, आईतवार