जाओमीको ‘एमआइ एयर प्यूरिफायर २’ बजारमा, हावाको गुणस्तर जाँच्न सक्ने

Technology Khabar २८ जेष्ठ २०७४, आईतवार

जाओमीको ‘एमआइ एयर प्यूरिफायर २’ बजारमा, हावाको गुणस्तर जाँच्न सक्ने

काठमाडौं, २८ जेठ । चिनियाँ स्मार्टफोन उत्पादक कम्पनी जाओमीले नेपाली बजारमा नयाँ उत्पादन भित्र्याएको छ । कम्पनीले हालै बजारमा एमआइ एयर प्यूरिफायर २ सार्वजनिक गरेको हो ।

जाओमीका नेपालकाी लागि आधिकारिक बितरक वत्सल इम्पेक्सले बजारमा ल्याएको एमआइ एयर प्यूरिफायर २ मा रियल टाइम एक्यूआइ मनिटरीङको सुविधा रहेको छ । त्यसैगरि यसमा एमआइ होम एप, स्मार्ट रिमोट कन्ट्रोल, ४०० स्क्वायर मिटरको कभरेज जस्ता विशेषता छन् ।

एमआइ एयर प्यूरिफायर २ मा ३६० डिग्रीको ट्रिपल लेयर फिल्टर, हावाको गुणस्तर मापन गर्नेलगायतका सुविधा पनि रहेको छ ।

हाल कम्पनीले सार्वजनिक भएको अवसर पारेर छोटो समयका लागि १९ हजार ९९९ रुपैयाँमा बिक्री गरिरहेको छ । बजारमा यसको अधिकतम खुद्रा मुल्य २१,९९९ रुपैयाँ तोकिएको छ । यो उत्पादन जाओमीका आधिकारिक शोरुमहरुबाट खरिद गर्न सकिने कम्पनीले जनाएको छ ।

TK Viber

प्रकाशित: २८ जेष्ठ २०७४, आईतवार

Loading...