एनसेलले ल्यायो निशुल्क चलाउन पाइने योण्डर म्युजिक एप, अफलाइनमा पनि गित सुन्न सकिने

Technology Khabar १२ जेष्ठ २०७४, शुक्रबार

एनसेलले ल्यायो निशुल्क चलाउन पाइने योण्डर म्युजिक एप, अफलाइनमा पनि गित सुन्न सकिने

काठमाडौं, १२ जेठ । एनसेलले गीत–संगीतका पारखीहरुलाई लाखौं गीतहरुमा निःशुल्क पहुँचको अबसर प्रदान गर्दै ‘योण्डर म्युजिक एप’ सार्वजनिक गरेको छ । एनसेलले अमेरिका अवस्थित योण्डर म्युजिक ईङंकसँग सहकार्य गर्दै आफ्ना ग्राहकका लागि नेपालमा योण्डर म्युजिक एप नामक नयाँ डिजिटल प्लाटफर्म ल्याएको हो ।

योण्डर म्युजिक एप सबै भन्दा धेरै नेपाली गीतहरु समावेश रहेको डिजिटल म्युजिक लाइब्रेरी हो । एनसेलका ग्राहकले जेठ १२ गते शुक्रबारदेखि विविध विषेशताले भरिएको यो एप डाउनलोड गरी रोमाञ्चक सांगीतिक यात्राको लाभ लिन सक्ने कम्पनीले बताएको छ ।

एनसेलका सबै प्रिपेड तथा पोस्टपेड ग्राहकले यो म्युजिक एप सजिलै आफ्नो मोबाइल फोनमा डाउनलोड गरी पुराना देखि हालका लोकप्रिय कुनै पनि विधाका नेपाली गीत तथा अन्तर्राष्ट्रिय गीत–संगीतहरुको अनलाइन तथा अफलाइन मजा लिन सक्ने जानकारी दिइयो।

योण्डर म्युजिक एप अन्तर्गत ग्राहक तथा प्रयोगकर्ताले विना कुनै विज्ञापन तथा सदस्यता शुल्क २ करोड भन्दा बढि नेपाली र अन्तर्राष्ट्रिय गीत–संगीतहरुको लाइब्रेरीमा पहुँच पाउनेछन् र सहजै आफुलाई मनपर्ने गीतहरु अनलाइन सुन्न तथा डाउनलोड गरी अफलाइन सुन्न सक्नेछन् । मोवाइल डेटा प्रयोग गरी गीत डाउनलोड गर्दा विद्यमान डेटा शुल्क लाग्नेछ ।

शुरुमा अन्य नेटवर्कमा पनि उपलब्ध भएपनि सार्वजनिक भएको एक महिना पछि यो एप एनसेलको नेटवर्कमा मात्र उपलब्ध हुनेछ । अर्थात् एक महिनापश्चात एनसेलका ग्राहकले मात्र यो एपमा रजिस्टर गरी यसको प्रयोग गर्न सक्नेछन् ।

‘यो नेपालका लागि म्युजिक स्ट्रिमिङ्ग सेवामा नयाँ युगको शुरुवात हो । नेपाली गीत–संगीतहरु सहितको ठूलो सांगीतिक सामाग्रीहरु रहको यो एपले सधै थप सामाग्रीहरु खोज्ने हाम्रा ग्राहकको आवश्यकतालाई सम्बोधन गर्ने र नेपाली गीत–संगीत उद्योगको प्रवद्र्धनमा योगदान पुर्याउने कुरामा हामी विश्वस्त छौ,’ एनसेलका प्रबन्ध निर्देशक साइमन पर्किन्सले भने ।

ग्राहकले गुगल एप स्टोर तथा एप्पल एप स्टोरबाट यो एप डाउनलोड गर्न सक्छन् । एपमा रजिष्ट्रेशन पश्चात वाइफाइवाट मोबाइल डेटा दुबै माध्यमबाट गीतहरु डाउनलोड गर्न सकिन्छ ।

नयाँ सहकार्य अन्र्तगत, योण्डर नेपाल (योण्डर म्युजिक को सहायक कम्पनी) ले प्रस्तोता, रचनाकार तथा संगीतकारहरुलाई रोयल्टी प्रदान गर्ने एनसेलले जनाएको छ ।

प्रकाशित: १२ जेष्ठ २०७४, शुक्रबार

Comments are closed.

Loading...