ग्यालेक्सी एस ८ को आईरिस स्क्यानर प्रविधिलाई झुक्याउन सकिने

Technology Khabar १० जेष्ठ २०७४, बुधबार

ग्यालेक्सी एस ८ को आईरिस स्क्यानर प्रविधिलाई झुक्याउन सकिने

काठमाडौं ।

काठमाडौं, १० जेठ । सामसंगको नयाँ स्मार्टफोन ग्यालेक्सी एस ८ तथा एस ८ प्लसमा प्रयोग हुने आईरिस स्क्यानिङ प्रविधिलाई झुक्याउन सकिने जानकारी खुलासा भएको छ । आखाँको नानीमा हेरेर खोल्न सकिने लक प्रविधि (जसलाई आईरिस स्क्यानर भनेर भनिन्छ) लाई झुक्याउन सकिने अनुसन्धानकर्मीहरुले जनाएका छन् ।

सामसंगको ग्यालेक्सी एस ८ स्मार्टफोनको आईरिस स्क्यानरलाई विभिन्न उपायबाट झुक्याउन सकिने केयोस कम्प्यूटर क्लब ह्याकर ग्रुपले सार्वजनिक गरेको छ । तस्वीरको कन्ट्याक्स लेनसबाट नै सामसंगको सुरक्षा प्रविधिलाई झुक्याउन सकिने छ ।

यो क्लबका अनुसन्धाकर्ताहरुले कसरी बायोमेट्रिक सुरक्षालाई धोका दिन सकिन्छ भनेर प्रदर्शन गरेका छन् ।

जर्मन ह्याकर ग्रुपले आखाँको एउटा डमी चित्रबाट नै आईरिस स्क्यानरलाई तोड्न सफल भएका थिए ।

सामसंग ग्यालेक्सी एस ८ को लक खोल्नका लागि आईरिस स्क्यानरमा हेरे मात्र पुग्दछ । सामसंगकाअनुसार आईरिस स्क्यानर एउटा शक्तिशाली सुरक्षा प्रविधि हो । जसमा प्रयोगकर्ताको आँखाको नानीको आधारमा स्मार्टफोन अनलक गर्न सकिन्छ ।

केयोस कम्प्यूटर क्लब ह्याकर ग्रुपका सदस्यहरुले एउटा भिडियो पनि सार्वजनिक गरेका छन जसमा उनीहरुले कसरी नक्कली आँखा बनाएर आईरिस स्क्यानरलाई झुक्याउन सके ।

अनुसन्धानकर्ताहरुले सबैभन्दा पहिले एस ८ को आईरिस स्क्यानरमा एक व्यक्तिको आँखाको रजिस्ट्रेशन
गरेर फोनको सुरक्षालाई स्थापित गरे ।

त्यसपछि उनीहरुले एउटा डिजिटल क्यामराको प्रयोगबाट मध्यम दूरीबाट रजिस्टर्ड गरिएको प्रयोगकर्ताको अनुहारको फोटो खिचे । त्यसपछि उनीहरुले त्यो फोटोमा स्मार्टफोन प्रयोगकर्ताको आखलाई जूम गरेर सामसंग लेजर प्रिन्टरमा प्रिन्ट गरे ।

त्यसपछि उनीहरुले तयार पारेको तस्वीरमाथि कन्ट्याक्ट लेन्स राखेर आँखाको जस्तै डमी तयार पारे ।

जब डमी आँखालाई लक भएको ग्यालेक्सी एस ८को फ्रन्ट क्यामराको अगाडिपट्टि राखे, र यो स्मार्टफोन अनलक भयो ।

अनुसन्धाकर्ताहरुको एक टीमले ग्यालेक्सी एस ८ को अगाडि डमी आँखाको माध्यमबाट अनलक भएको भिडियो पनि पोस्ट गरेका छन् ।
अनुसन्धानकर्ताहरुले कुनैपनि एस ८ प्रयोगकर्ताको आँखाको फोटो सामाजिक संजालबाट लिएर डमी आँखा बनाएर सोहि प्रकृयाअनुसार अनलक गर्न सकिने आशंका व्यक्त गरेका छन् ।

यो समूहले यो पनि पत्ता लगाएको छ की आईरिसको स्पष्ट तस्विर लिनका लागि क्यामरालाई नाइट सुटिंग मोडमा राख्नुपर्दछ ।

यो विषयमा सामसंगले भने आईरिस स्क्यानर एउटा शशक्त सुरक्षा प्रणाली भएको र यसमा कुनै कमजोरी भए आगामी दिनमा छिटो भन्दा छिटो सुधार गर्ने उल्लेख गरेको छ ।

जे भएता पनि यो ह्याकले बायोमेट्रिक सुरक्षा प्रणाली फिचर पनि सुरक्षाको शसक्त विकल्प मात्र होईन् ।

यदि तपाईँ आफ्नो फोनमा भएको डाटालाई सुरक्षित गर्न चाहनुहुन्छ र फोनको माध्यमबाट पेमेन्ट गर्नुहुन्छ भने परम्परागत पीन सुरक्षा प्रविधिको प्रयोग गर्नु राम्रो हुने बताईएको छ ।

सामसंग ग्यालेक्सी एस ८ स्मार्टफोनमा आईरिस स्क्यानरका साथसाथै पासवर्ड तथा गोप्य नम्बरको प्रयोगको पनि विकल्प रहेको छ ।

माध्यम स्रोत

easy care

प्रकाशित: १० जेष्ठ २०७४, बुधबार

ताजा समाचार