एप्पलको आइफोन ९ मा ५.२८ र ६.४६ इन्चको डिस्प्ले हुने

Technology Khabar १० जेष्ठ २०७४, बुधबार

एप्पलको आइफोन ९ मा ५.२८ र ६.४६ इन्चको डिस्प्ले हुने

काठमाडौं, १० जेठ । एप्पलको यो वर्षमा नै आउने भनेको आइफोन ८ बजारमा आउने चर्चा चलेको धेरै भएपनि अझै कहिदेआउने निश्चित छैन् । तर कम्पनीले आगामी वर्षको नयाँ फोनको लागि भने काम शुरु गरिसकेको छ।

हालै सामसंगको डिस्प्ले बनाउने कम्पनी सामसंग इलेक्ट्रोनिक्सले सन् २०१८ मा उत्पादन हुने नयाँ आइफोनका लागि डिस्प्ले बनाउने सहमति प्राप्त गरेको छ । कोरियाबाट आएको रिपोर्टअनुसार सामसंग इलेक्ट्रोनिक्सले नयाँ आइफोनको लागि ओएलईडी प्यानेल आपूर्ति गर्न एप्पलसँग सम्झौतामा हस्ताक्षर गरेको छ । कम्पनीले संभवत आइफोन ९ नामक फोनका लागि ओएलईडी प्यानेल बनाउने छ।

यसअघि नै कम्पनीले ८० मिलियन ओएलईडी स्क्रीन बनाएर आउन लागेको तीनवटा आइफोनको संस्करणमध्ये एउटामा प्रयोग गर्न उपलब्ध गराउने रिपोर्ट आईसकेको छ । संभवत आइफोन ८ यहि सेप्टेम्बरमा आउनेछ । एप्पलले यो वर्ष तीनवटा नयाँ आइफोन मोडल सार्वजनिक गर्नेछ । जसमध्ये एउटा उच्चतहको स्क्रीन सहित हुनेछ भने अर्को ४.७ इन्च र ५.५ इन्चको एलसीडी स्क्रीनसहितको मोडल हुनेछन् ।

त्यसैगरि आइफोन ९ मा दुई वटा ओएलईडी मोडल प्रयोग हुनेछ । यसमा ५.२८ र ६.४६ इन्चको डिस्प्ले साइज प्रयोग हुनेछ । सामसंगले सो अवधिमा अहिलेको भन्दा दोब्बर संख्या अर्थात १८० मिलियन यूनिट आपूर्ति गर्नेछ ।

यसैबिच सामसंगले एप्पलको ओएलईडी डिस्प्लेको माग पुरा गर्न नयाँ उत्पादन केन्द्र बनाउन लागेको बताईएको छ।

माध्यम स्रोत

TK Viber

प्रकाशित: १० जेष्ठ २०७४, बुधबार

Loading...