स्मार्ट टेलिकमले पायो फोरजी सेवा संचालनको अनुमति

Technology Khabar ९ जेष्ठ २०७४, मंगलवार

स्मार्ट टेलिकमले पायो फोरजी सेवा संचालनको अनुमति

काठमाडौं ।

काठमाडौं, ९ जेठ । नेपाल दूरसंचार प्राधिकरणले फोरजी प्रविधिको सेवा संचालन गर्न स्मार्ट टेलिकम प्रा.लि.लाई अनुमति दिएको छ ।

प्राधिकरणको आइतवार बसेको बोर्ड बैठकले १८०० मेगाहर्ज ब्याण्डमा प्रविधि तटस्थता बमोजिम सेवा संचालन गर्न स्वीकृति दिएको हो ।
बजारमा यो सहित फोरजी सेवा संचालनको अनुमति पाउने तीन कम्पनी भएका छन्।

प्राधिकरणका प्रवक्ता मिनप्रसाद अर्यालले स्मार्ट टेलिकमलाई स्वीकृति दिएपछि फोरजी प्रविधि सेवा संचालन गर्न बजारमा नयाँ कम्पनी प्रतिस्पर्धामा आएको बताए ।

स्मार्ट टेलिकमले नेपाल सरकार तथा प्राधिकरणलाई बुझाउनुपर्ने फ्रिक्वेन्सी दस्तुर, रोयल्टी तथा नविकरण दस्तुरलगायतका तिनुपर्ने दस्तुर बुझाईसकेपछि आगामी साउन १५ गतेदेखि प्रविधि तटस्थता बमोजिम सेवा प्रारम्भ गर्न पाउने गरि स्वीकृति पाएको हो ।

कम्पनीले नेपालरभर सेवा संचालन गर्ने अनुमति पाएको छ भने प्रत्येक ३ महिनामा कार्यप्रगति बिबरण पेश गर्नुपर्ने प्राधिकरणले जनाएको छ ।

easy care

प्रकाशित: ९ जेष्ठ २०७४, मंगलवार