बजेटको सम्पूर्ण जानकारी मोबाइल एपमा, बजेट भाषणको लाइभ पनि हेर्न सकिने

Technology Khabar ८ जेष्ठ २०७४, सोमबार

बजेटको सम्पूर्ण जानकारी मोबाइल एपमा, बजेट भाषणको लाइभ पनि हेर्न सकिने
Classic Tech
काठमाडौं, ८ जेठ । अब सरकारी बजेटको सम्पूर्ण जानकारी तपाईँको हातैमा उपलब्ध हुने भएको छ । सरकारी बजेटमा राखिएको विभिन्न कार्यक्रमहरु, विकास निर्माणका लागि छुट्याईएका रकमहरुलगायत बजेटको सम्पूर्ण जानकारी अब तपाईँको स्मार्टफोनमा नै उपलब्ध हुने भएको छ ।
अर्थमन्त्रालयले बजेटसम्बन्धि जानकारी दिने बजेट नेपाल नामक मोबाइल एप सार्वजनिक गरेको छ । मन्त्रालयमा सोमबार आयोजित एक कार्यक्रमकाबिच अर्थमन्त्री कृष्णबहादुर महराले बजेट नेपाल मोबाइल एप सार्वजनिक गरेका हुन् ।
अर्थमन्त्री महराले बजेट सम्बन्धि कुनै जिज्ञासा वा गुनासो भए सिधै अर्थमन्त्रीसँग सर्वसाधारणले जिज्ञासा वा सुझाव राख्ने व्यवस्था मिलाइएको जानकारी दिए ।
सो एपमा बजेट वक्तव्यदेखि रातो पहेँलो किताब, आर्थिक सर्वेक्षणलगाय सबै विषयको जानकारी लिन सकिने बताईएको छ ।
त्यसैगरि आगामी बजेट वक्तव्यको दिन मोबाइल एपबाट नै लाइभ हेर्न मिल्ने सुविधासमेत राखिएको जानकारी मन्त्रालयले दिएको छ ।
एपमा बजेट बनाउने तरिका, बिगतका बजेटहरुको बारेमा विभिन्न जानकारीहरु पनि राखिने छन भने विभिन्न शिर्षकको आया व्ययको बिबरणलगायतका विषय पनि थाहा पाउन सकिने बताईएको छ।
बजेट नेपाल एप हाल एन्ड्रोयड अपरेटिंग भर्सनमा मात्र उपलब्ध भएको तथा आगामी दिनमा एप्पल स्टोरमा पनि उपलब्ध हुने जानकारी दिईयो ।
हाल गूगल प्लेस्टोरमा गएर बजेट एप डाउनलोड गरेर प्रयोग गर्न सकिन्छ । यदि तपाईँ पनि नेपालको बजेटको बारेमा बिस्तृतमा जानकारी लिन चाहनुहुन्छ भने यहाँ क्लिक गरेर एप डाउनलोड गर्न सक्नुहुनेछ ।
TK Viber

प्रकाशित: ८ जेष्ठ २०७४, सोमबार

Loading...