फेसबुक म्यासेन्जर नयाँ डिजाइनमा, चलाउन झनै सजिलो

Technology Khabar ७ जेष्ठ २०७४, आईतवार

फेसबुक म्यासेन्जर नयाँ डिजाइनमा, चलाउन झनै सजिलो

काठमाडौं ।

काठमाडौं, ७ जेठ । फेसबुकले आफ्नो मेसेन्जर एपलाई नयाँ डिजाइनमा ल्याएको छ । कम्पनीले यसलाई पुन डिजाइन गरेर नयाँ बनाएको हो । यो नयाँ डिजाइन अधिकांश फोनहरुमा मेसेन्जर अपडेट गरेपछि हेर्न सकिन्छ ।

अपडेटपछि मेसेन्जरको होम स्क्रीन परिवर्तन भएको देख्न सकिन्छ । कम्पनीका अनुसार जसलाई तपाई कुरा गर्न चाहनुहुन्छ वा जोसँग सम्पर्कमा रहन चाहनुहुन्छ त्यसलाई सिधै सम्पर्क गर्न सकिनेगरि बनाईएको छ ।

नयाँ होम स्क्रीनमा सबै लोकप्रिय फीचरहरु उपलब्ध छन भने मेसेन्जर यूजलाई पहिले भन्दा सहज बनाउने प्रयास गरिएको छ ।

पुन डिजाइन गरिएको मेसेन्जरमा इनबक्स बाहेक एउटा छुट्टै ट्याब पनि राखिएको छ जसले म्यासेजसम्म नेभिगेट गर्दछ र को एक्टिभ छ त्यसको जानकारी दिन्छ । होम स्क्रीनको बटनमा कल, फोटो र क्यामरा अप्सन उपलब्ध छ । नयाँ डिजाइनबाट तपाईँ सिधै आफ्ना साथीहरुसँग गेम खेल्न सक्नुहुनेछ ।

हालै सार्वजनिक भएको बिवरणअनुसार फेसबुकका विश्वभर १.२ अर्ब मासिक एक्टिभ प्रयोगकर्ताहरु रहेका छन् ।

एजेन्सी

Global Bank
easy care

प्रकाशित: ७ जेष्ठ २०७४, आईतवार

ताजा समाचार