नोकियाका नयाँ स्मार्टफोन ‘नोकिया ८ र ९’ आउँदै, भिडियोमा हेर्नुहोस् यसको डिजाइन

Technology Khabar ४ जेष्ठ २०७४, बिहीबार

नोकियाका नयाँ स्मार्टफोन ‘नोकिया ८ र ९’ आउँदै, भिडियोमा हेर्नुहोस् यसको डिजाइन

काठमाडौं ।

काठमाडौं, ४ जेठ । केहि समय अघि नोकियाले विश्व बजारमा तीनवटा स्मार्टफोन र एउटा फीचर फोन सार्वजनिक गरेको थियो । कम्पनीले नोकिया ३, नोकिया ५, र नोकिया ६ स्मार्टफोनका साथमा नोकिया ३३१० फीचर फोन पनि सार्वजनिक गरेको थियो ।

नोकियाका फोनहरु हाल विश्व बजारमा क्रमैसंग उपलब्ध हुन थालेको बेलामा फेरी नोकियाका नयाँ स्मार्टफोनहरुको बारेमा जानकारीहरु लीक भएका छन् ।

नोकियाले नयाँ स्मार्टफोनहरु नोकिया ८ (Nokia 8) र नोकिया ९ (Nokia 9) बजारमा ल्याउन लागेको विभिन्न रिपोर्टहरुमा उल्लेख गरिएको छ ।

हालै नोकियाका नयाँ स्मार्टफोनहरुका साथमा एउटा भिडियो सार्वजनिक भएको छ जसमा नोकियाको बारेमा पनि जानकारी दिईएको छ ।

सार्वजनिक भएको भिडियोमा दुईवटा यसअघि नै घोषणा गरिएका फोनहरु छन भने दुईवटा नयाँ स्मार्टफोनहरु देखाईएको छ ।

भिडियोमा नोकिया ३ र नोकिया ५ देखाईएको छ भने अर्को दुईवटा नाम नै उल्लेख नभएका फोनहरु छन । भिडियोमा नोकिया ६ भने देखाईएको छैन् ।

भिडियोमा उल्लेख गरिएको नयाँ स्मार्टफोनहरु नोकिया ८ र नोकिया ९ भएको अनुमान गरिएको छ । जसमध्ये एउटा स्मार्टफोनमा ड्यूल क्यामरा सेटअप रहेको छ, यो संभवत नोकिया ९ हुनसक्ने बताईएको छ । जून प्रिमियम डिजाइन र उच्चतहको स्मार्टफोनको रुपमा बजारमा ल्याउन लागिएको अनुमान गरिएको छ ।

यसका साथै अर्को स्मार्टफोन जसमा फ्रन्ट फेसिंग फिंगरप्रिन्ट स्क्यानर छ भने सिंगल रियर क्यामरा रहेको छ, जून नोकिया ८ भएको दाबी गरिएको छ ।

नोकिया ९ हेर्दा नोकिया ६ जस्तै डिजाइनमा देखिन्छ तर यसको पछाडिको भागमा ग्लास राखिएको छ भने ड्यूल क्यामरा सेटअप छ । यसका हेडफोन ज्याक पनि राखिएको छ भने यूएसबी टाइप सी पोर्ट तल्लो भागमा रहेको छ ।

यी स्मार्टफोनहरु नोकियाले यहि वर्षमा नै सार्वजनिक गर्ने अपेक्षा गरिएको छ ।

माध्यम

easy care

प्रकाशित: ४ जेष्ठ २०७४, बिहीबार