सामसंगको टाइजेनमा आधारित जेड ४ स्मार्टफोन सार्वजनिक

Technology Khabar २ जेष्ठ २०७४, मंगलवार

सामसंगको टाइजेनमा आधारित जेड ४ स्मार्टफोन सार्वजनिक

काठमाडौं, २ जेठ । सामसंगले आफ्नो टाइजेन अपरेटिग सिस्टम भएको नयाँ स्मार्टफोन जेड फोर (Z4) सार्वजनिक गरेको छ । कम्पनीले सस्तो बजारलाई ध्यानमा राखेर ल्याएको टाइजेन ओएस भएको नयाँ स्मार्टफोन भारतमा पहिलो पटक सार्वजनिक गरेको छ।

सामसंगले सार्वजनिक गरेको नयाँ फोनमा ड्यूल एलईडी फ्ल्याशका साथमा ५ मेगापिक्सेलको रियर क्यामरा छ भने फ्ल्याशसहित ५ मेगापिक्सेलको फ्रन्ट क्यामरा राखिएको छ ।

फोनमा ४.५ इन्चको स्क्रीन राखिएको छ, जसको रिजोल्यूशन ४८०x४८० पिक्सेल छ । यो स्मार्टफोन सामसंगको टाइजन ३.० अपरेटिंग सिस्टममा संचालन हुन्छ । फोनमा १.५ गीगाहर्जको क्वाडकोर प्रोसेसर राखिएको छ भने १ जीबीको र्याम रहेको छ । यसमा ८ जीबीको आन्तरिक स्टोरेज छ, जसलाई माइक्रो एसडी कार्डद्धारा १२८ जीबीसम्म बढाउन सकिन्छ ।

सामसंगको नयाँ स्मार्टफोनमा फोरजी भीओएलटिई (4G VoLTE) कनेक्टिभिटी उपलब्ध छ । यसमा २०५० एमएएचको ब्याट्री प्याक छ भने यो ब्ल्याक एण्ड गोल्ड कलर भेरिएन्टमा आउनेछ ।

भारतीय बजारमा मात्र हाल सार्वजनिक भएको यो स्मार्टफोनको मूल्य भारु ५,७९०/- तोकिएको छ ।

प्रकाशित: २ जेष्ठ २०७४, मंगलवार

Comments are closed.

Loading...