लेनोभोको फिटनेस ट्रयाकर, अनावश्यक समयमा सुत्दा अलर्ट गराउने

Technology Khabar २५ बैशाख २०७४, सोमबार

लेनोभोको फिटनेस ट्रयाकर, अनावश्यक समयमा सुत्दा अलर्ट गराउने
NTC_Advt

काठमाडौं, २५ बैशाख । लेनोभोले भारतीय बजारमा आफ्नो फिटनेस ट्रयाकर सार्वजनिक गरेको छ । लेनोभोले स्मार्ट ब्याण्ड एचडब्लू०१ फिटनेस ट्रयाकर सार्वजनिक गरेको हो ।

लेनोभोको यो ट्रयाकर फ्लिपकार्टमा मात्र उपलब्ध हुनेछ ।

लेनोभो स्मार्ट ब्याण्ड एचडब्लू०१ (Smart Band HW01) फिटनेस ट्रयाकरमा ९.९१ इन्चको ओएलईडी डिस्प्ले राखिएको छ । जसले नियमित रुपमा यूजरलाई फिटनेस ट्रयाकिंगको डाटाहरु जानकारी दिन्छ । यसका साथै यसको स्पोर्टस मोडमा डाइनामियक हार्ट रेट मनिटर राखिएको छ जसले हरेक १५ मिनेटमा हार्ट रेटको मनिटरिंग गर्दछ । अब हार्ट रेट एक निश्चित सीमामा पुग्दछ तब यो भाइब्रेट हुन्छ ।

लेनोभोको फिटनेस ट्रयाकरमा एउटा एन्टी स्लीप मोड पनि उपलब्ध छ जसले तोकिएको समयभन्दा पहिले सुतेमा तपाईँलाई भाइब्रेसनको माध्यमबाट उठाउनेछ । लेनोभोकाअनुसार यो फिटनेस ट्रयाकरले प्रयोगकर्ताहरुलाई गाडि चलाईरहेको बेलामा वा रातको समयमा काम गरिरहेको बेलामा निदाएको खण्डमा अलर्ट गर्दछ ।

लेनोभोको यो ट्रयाकरले सोसल मिडिया जस्तै इमेल, ह्वाट्सएप, फेसबुकको नोटिफिकेसन पनि दिनेछ ।

सिलिकन स्ट्रापबाट बनाईएको स्मार्ट ब्याण्ड एचडब्लू०१ फिटनेस ट्रयाकरको तौल २२ ग्रामको छ । यो वाटर रेसिस्टेन्ट छ भने यसमा ८५ एमएएचको ब्याट्री राखिएको छ, जसले ५ दिनसम्म ब्याट्री ब्याकअप दिनेछ ।

भारतीय बजारमा लेनोभोको स्मार्ट ब्याण्ड एचडब्लू०१ फिटनेस ट्रयाकरको मूल्य भारु १,९९९ तोकिएको छ ।

प्रकाशित: २५ बैशाख २०७४, सोमबार