एलजीले लिनियर कम्प्रेसर टेक्नोलोजी निर्मित १ करोड ५० लाख रेफ्रिजेरेटर बेच्यो

Technology Khabar २५ बैशाख २०७४, सोमबार

एलजीले लिनियर कम्प्रेसर टेक्नोलोजी निर्मित १ करोड ५० लाख रेफ्रिजेरेटर बेच्यो
Classic Tech
Nepal Telecom

काठमाडौं, २५ वैशाख । एलजीद्धारा लिनियर कम्प्रेसर टेक्नोलोजी निर्मित/सञ्चालित १ करोड ५० लाख वटा रेफ्रिजेरेटरहरुको बिक्री निर्धारण भएको छ । एलजी इलेक्ट्रोनिक्सले उपकरण विभाजनको सबैभन्दा सफल र मुख्य प्रविधि लिनियर कम्प्रेसर टेक्नोलोजीद्वारा निर्मित १ करोड ५० लाख रेफ्रिजिरेटरहरु संसार भरी बिक्रीगर्ने निर्णय लिएको छ ।

एलजीका गुणस्तरीय रेफ्रिजिरेटरहरुको बिक्री ८ प्रतिशतले बढेको हुँदा यस वर्ष पनि ४० लाख वटा रेफ्रिजिरेटरहरु बिक्रीगर्ने अपेक्षा राखेको छ जसअनुसार प्रति मिनेट लगभग ७ वटाको दरले रेफ्रिजिरेटरहरु बिक्री हुने कम्पनीको दाबी छ ।

एलजी इन्र्भटर लिनियर कम्प्रेसर टेक्नोलोजी गुणस्तरीय रेफ्रिजिरेटरहरुको नमुना हुनाले यसलाई कम्पनिको सफलताको आधार मानिन्छ । एलजीको लिनियर कम्प्रेसरले अरुजस्तो घुमाउरो प्रकृयाबाट नभई लाईनर गतिलाई प्रभावकारी हिसाबले चिसो बनाउँछ जसले अरु रेफ्रिजिरेटरहरुको तुलनामा उर्जाको कमप्रयोग र ध्वनी प्रदुषण पनि कम गर्ने बताईएको छ ।

१६ वर्ष अगाडि इन्भर्टर लिनियर कम्प्रेसर आविश्कार भएपश्चात एलजीले लगातार आफ्नो उपकरणहरुको सुधारमाजोड दिएको छ । एलजीले पाँचौं युगको इन्भर्टर लिनियर कम्प्रेसर २०१४ सालमा भित्राएको थियो जसले अन्यको तुलनामा ५५ प्रतिशत उर्जा बचाउँछ र १५ प्रतिशत ध्वनी न्यूनिकरण गर्दछ । हाल एलजीको दक्षिण कोरियामा ९८१, अमेरीकामा २३२ र युरोपमा ५२ वटा इन्भर्टर लिनियर कम्प्रेसरका आधिकारिकहरु रहेका छन् ।

‘एलजी रेफ्रिजिरेटर हरुको संसारभरिनै ब्यापक सफलताको लागि हामीले इन्भर्टर लिनियर कम्प्रेसर जस्ता उपकरणहरुको  उत्पादन गरेका हौं,’ एलजीको होम अप्लाइएन्स तथा एयर सोलुसन कम्पनिका अध्यक्ष सङ डाई ह्युनले भने,’हाम्रो रेफ्रिजिरेटरलाई अझ सबल बनाउने, ध्वनी प्रदुशण घटाउने र साथसाथै न्यून उर्जाको प्रयोग गर्ने बनाउनु नै हामीद्वारा  हाम्रा उपभोक्ताहरुका निम्ती निरन्तर गुणस्तरीयता भित्र्याउनु हो ।’

TK Viber

प्रकाशित: २५ बैशाख २०७४, सोमबार

Comments are closed.

Loading...